पर्साको धोबिनी गाउँपालिकामा रहेको स्वास्थ्य संस्थाहरुमा औषधी अभाव हुँदा सेवाग्राहीहरु मर्कामा परेका छन ।
नेपाल सरकारको मापदण्ड अनुसार स्वास्थ्य संस्थाहरुमा ९८ किसिमका औषधी खरिद गरि निशुल्क वितरण गर्ने भनिएपनि अहिले धोबिनी गाउँपालिकाको वडा नं ४ लंगडी स्वास्थ्य चौकी लगायत अन्य संस्थाहरुमा औषधी अभाव भएको छ । जसकारण स्थानीय गरिब सेवाग्राहीहरु खाली हाथ फर्कन बाध्य भएका छन ।
स्वास्थ्य संस्थाहरुको लागि गाउँपालिका बाट औषधी खरिदको लागि रकम छुटयाए पनि गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान र गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत प्रमोद साह बिच कमिशनको भागभन्डा नमिलेको कारण औषधी खरिद नभएको बुझिएको स्थानीयले बताएका छन ।
स्वास्थ्य संस्थाहरुमा अहिले सम्म बितेको आर्थिक वर्षमा खरिद गरिएको औषधीहरु स्वास्थ्य संस्थाहरुमा रहेकोले यो आर्थिक वर्षमा कमिशनमा भागभण्डा नमिलेको कारण यो आर्थिक वर्षमा औषधी खरिद नभएको देखिएको बुझिएको छ ।
यो आर्थिक वर्षको अन्तिम चरण सम्म औषधी खरिद नभएको कारण कागजमा नै औषधीको बिल बनाएर खाने अध्यक्ष र कार्यालय प्रमुखको नियत रहेको स्थानीय सेवाग्राहीको भनाई छ ।
स्वास्थ्य संस्थाहरुमा ५ महिना देखि औषधी नरहेकोले स्वास्थ्य संस्था हरुमा आउने बिरामीहरुले बिना औषधी फर्केर जानु परेको छ ।
नेपाल सरकारले ९८ किसिमका औषधी तोकिए पनि भ्याक्सिन, बर्थिंग सेन्टरमा चाहिने औषधी बाहेक अरु कुनै पनि औषधी नरहेको लंगडी स्वास्थ्य संस्थाका प्रमुख मन्नु पटेलले जनाए ।
अहिले अति नै गर्मीको समयमा झाड़ा पखाला, जीवनजल, सिटामोल सहित ग्यासको समेत औषधी नरहेको उनले बताए ।
स्वास्थ्य संस्था प्रमुख पटेलसंग कुरा गर्दा-"केही महिना देखि औषधी सिधेके हो मैले लिखित कति चोटि औषधी मांग गरेपनी अहिले सम्म कुनै सुनुवाइ भएको छैन;भने ।
अहिले गर्मीयाममा बिरामीहरुको चाप बढे पनी रुगाखोकी जरो, दिसा पखाला,ग्यास , घाउ, जिवनजल ,लगायत औषधीको अभावका कारण बिरामीहरु रित्तो हाथ फर्कन बाध्य भएको बताए ।
स्वास्थ्य संस्थाहरुमा औषधी अभाव भएको समबन्धमा गाउँपालिका स्वास्थ्य संयोजक संजय यादव संग कुरा गर्दा स्वास्थ्य संस्थाहरु बाट औषधी मांगको बारेमा गाउँपालिक लाई जानकारी गराएपनी अहिले सम्म औषधी खरिद नभएको बताए ।
स्टोरमा रहेको केही औषधीहरु मात्र बितरण गरिएको बताए । अहिले सम्म औषधी खरिद नभएको कारण समस्या भएको छ । औषधीको बारेमा प्रमुख प्रसाशकिय अधिकृत प्रमोद साह संग फोन मार्फत सम्पर्क गर्न खोजदा फोन उठन नसकेको हो ।