वीरगन्ज महानगरपालिका वडा नम्बर २१ पटेलनगरमा बुधबार बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
जीवन रेखा समाज ललितपुर र नेशनल मेडिकल कलेजको संयुक्त आयोजनामा सम्पन्न शिविरमा ७ सय १९ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।
पटेलनगरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको परिसरमा आयोजित शिविरमा १८७ जना पुरुष, १५७ जना महिला र ३७५ जना बालबालिका गरी ७ सय १९ को स्वास्थ्य परिक्षण गर्नुका साथै निःशुल्क औषधि वितरणपनि गरिएको शिविरका इन्चार्ज विकास गुप्ताले जानकारी दिए ।
शिविरमा जेनलल मेडिसिन, गाइनो, अर्थोपेडिक, दाँत, नाक, कान, घाँटी, मुटु,छाला लगायतका समस्याको चेकजाँच गरिएको थियो ।
शिविरमा नेशनल मेडिकल कलजेका डाक्टर प्रवेज अन्सारी, डाक्टर प्रवीण साह, डाक्टर ओमप्रकाश पडित, डाक्टर अभिनाष सिंह, डाक्टर फिरोज अन्सारी , डाक्टर श्वाती साह, डाक्टर सन्जिव लगायतका चिकित्सकको टोलीले बिरामीहरुको स्वास्थ्य जाँच गरेका थिए ।
शिविरको उद्घाटन हिमाल डिष्टिलरी प्रालिका जेनरल म्यानेजर नवीन उपाध्यायले गरेका थिए । शिविरमा नेशनल मेडिकल कलेजका प्रशासन अधिकृत शेख फिरोजकोपनि उपस्थिती थियो ।