पर्सा जिल्लाको पोखरीया नगरपालीकामा अवस्थित प्राचिन शिव मन्दिरमा पहिलो पटक "शिव पुराण" महायज्ञ सम्पन्न भएको छ ।
जिल्लाको दोस्रो सदरमुकामको रुपमा चिनिने पोखरीया बजार क्षेत्रमा नवनिर्मित शिव मन्दिरमा बिहिबार राति पुर्णआहुति गर्दै शिव पुराण महायज्ञ सम्पन्न भएको छ ।
गत शुक्रवार प्राचीन शिव मन्दिरमा प्राणप्रतिष्ठान सम्पन्न भएलगत्तै मन्दिरमा शिव पुराण महायज्ञका आयोजना गरिएको थियो ।
प्राचीन शिव मन्दिरमा समस्त शिव परिवारको स्थापना गरिए सँगै मन्दिरको पोखरेश्वर महादेवको नामले नामकरण गरिएको शिव परिवार प्राणप्रतिष्ठानका आयोजक तथा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रद्युमन प्रसाद चौहानले बताए ।
महायज्ञमा आएका साधु संत, पुरोहित,समाजसेवी, गुरुवर्ग , ब्राह्मण समाजलाई गमछा ओढ़ाई भोजन दक्षिणा दिइ सम्मान सहित बिदाई गरिएको थियो ।
महायज्ञको पूर्णआहुतिमा नगर प्रमुख प्रद्युमन प्रसाद चौहान , उप प्रमुख रूबी ठाकुर, वडा अध्यक्ष प्रमोद गिरी, केदार महतो चाई, लक्षण साह कानू, पूर्व प्रदेश सांसद प्रह्लाद गिरी , दीपक ठाकुर, पारस ठाकुर, निरज ठाकुर,महिला नेत्री आसा देवी चौहान, समाज सेवी सुजीत गिरी, लगाएतको सहभागिता रहेको थियो ।
सो महायज्ञमा जगदम्बा जागरण ग्रुप एवं हनुमान आराधना मण्डल बहुदरमाई नगरपालिका २ स्थित ध्यानसिंह पिपराको मण्डलीले मन्दिरमा पहिलो पटक झाकी कार्यक्रम प्रस्तुत गरेको थियो । झाकी कार्यक्रममा स्थानीय दर्शनार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।