जीतलाल श्रेष्ठ, निजगढ/
दिन प्रतिदिन चुुरे उजाड, वनजङ्गल विनाश, नदीखोलामा जथाभावी नदीजन्य पदार्थको चरम उत्खनन, दोहनले चुरे क्षेत्र र दक्षिणी भेगमा पानीको समस्या जटिल बन्दै गइरहेको छ ।
यस वर्ष अत्यधिक गर्मीले बाराको उत्तरी र दक्षिणी भेगका मानवबस्तीमा पानीको समस्या झनै विकराल रूपमा देखा परेको छ । चुरे, वनजङ्गल विनाश, प्राकृतिक स्रोत साधनको मनलाग्दी उत्खनन, दोहनले बस्तीमा पानीको समस्या निम्तिएको हो । वनजङ्गल विनाशले समयमा वर्षा नहुने, चुरे फेद, खोलाबगर आसपासमा क्रसर उद्योगले नदीजन्य पदार्थको अत्यधिक उत्खननले पानीको मूल, मुहान सुकेका छन् । एकातिर चोर तस्कर समूहले वनजङ्गलका हरिया रूखहरू काट्दै वनजङ्गल उजाडिने र स्थानीय तहले आन्तरिक राजस्व सङ्कलनका नाममा नदीखोलाको ठेक्का बन्दोबस्ती गर्ने र ठेकेदार कम्पनीलाई खोला सुुम्पिदिने जस्ता कुुकर्मले पानीको स्रोत सुकेर समस्या भएको हो । यसले नकारात्मक वातावरणीय प्रभाव पर्ने, मानवलगायत वन्यजन्तुका स्वास्थ्यमा असर परेसँगै केही वर्षदेखि भूूमिगत पानीको सतह भासिंदै गएको छ ।
चुरे आसपासका नदी, खोलाबगरबाट नदीजन्य पदार्थको जथाभावी उत्खननले पानीको स्रोत घटाएको जानकारहरू बताउँछन् । गर्मीयाम शुुरू हुुन थालेसँगै जिल्लाको उत्तरी भेगस्थित अमलेखगंज, ढुुकुुवाबास, चकरी रतनपुरी, सिंगौल, निजगढ र जिल्लाकै दक्षिणी भेगका डुमरवाना, कोल्हवी, सपही, नयाँबस्ती, रामनगर, जैतापुुर, मनहर्वालगायतका दर्जनौं बस्तीमा भूूमिगत पानीको सतह घट्दै गएको छ ।
चुरे फेद आसपासमा चकरी बस्तीलाई खानेपानीको समस्या टार्न पानीटङ्की निर्माण गरे पनि पानीको स्रोत घट्दै गएको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चकरीका पूर्ववडाध्यक्ष मणिकलाल थिङले बताए । मूल, मुहान, जरुवा जस्ता पानीका स्रोत घट्दो छन् । गाउँबस्तीमा खानेपानीको हाहाकार नै मच्चिएको छ । एक गाग्री पानी भर्न घण्टौं लाग्छ । बस्तीमा रहेको इनार पनि सुुक्दो छ । केही साताभित्र आकाशे वर्षा भएन भने पानीको समस्याले बस्तीमा विकराल समस्या निम्तने थिड्ढो अनुुमान छ ।
“जताततै लामो खडेरी छ । पानी पर्न सकेको छैन । गाउँबस्तीमा मात्रै होइन, वनजङ्गलभित्र पनि पानीको समस्या जटिल छ । वनजङ्गलभित्र वन्यजन्तु, चराचुरुङ्गीहरू पानीको खोजीमा भौंतारिने गरेका कैयौंपटक वनगस्तीमा जाँदा देखिन्छ,” निजगढ नगरपालिका–११ रतनपुरस्थित जनमुखी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जगजीवन कुमरले भने ।
“हेर्दाहेर्दै पानीको यस्तो अवस्था देखियो । आगामी दिनहरू झनै कस्तो हुुने होला । वनजङ्गल, चुुरे मात्रै होइन, अब त पानी जोगाऔं अभियानतर्फ पनि सोच्नुपर्ने पो हो कि ?” उनले भने ।
पिलुवा, महेन्द्रनगर, कर्तवा, नयाँबस्ती, डुमरवाना आसपासका बस्तीमा पनि ४०–५० फिटमा हलाएको ट्युवेलमा पानी आउन छाडेको स्थानीयहरू बताउँछन् । अहिले १०० फिटदेखि डेढ सय फिट गहिरो बोरिङ गर्दा मात्रै राम्रो पानी भेटिने पिलुवाका शङ्कर पुलामीले भने । “पुराना एकाधबाहेक अधिकांश ट×्युवेलमा पानी आउन छोडिसक्यो,” उनले बताए । उनका अनुसार सिंचाइका लागि खेतबारीमा हलाएको पुराना बोरिङमा समेत विगतभन्दा निकै कम पानी आउन थालेपछि स्थानीय किसानहरू चिन्तित भएका छन् ।
डेढ/दुई दशक अघि मूल, मुहानको पानीको स्रोत हेर्दै मनै रसिलो हुने गरेको विगत सम्झँदै अहिले त्यही मूल, मुहान हेर्दा मनै अमिलो र रूखो भएर आउने पुुराना बसोवासी स्थानीयहरू बताउँछन् । चुरेको काखमा रहेको निजगढ नगरपालिकास्थित डमरपुुर, भक्तलाल, कोलगाउँ, बारथली, रामथली, थली, बुङ्जोर, चीसापानी, लाल, रतनपुुर, सिंगौलमा पनि खानेपानीको समस्या अझै समाधान हुुन सकेको छैन । चुरे फेदमा रहेका काख्रे मुहान, भूत खोल्ची, बगर खोल्ची, गन्धी खोल्ची, गोले खोरिया खोल्चीका पानीका मूल, मुहान सुक्दै मुठीभर भएको स्थानीय ज्ञानबहादुर दोङ र कृष्णबहादुर भण्डारीले बताए ।
त्यस भेगमा विगत १०/१२ वर्ष अघि सामुदायिक वन क्षेत्रका हरियो रूखहरू समूहका पदाधिकारी, काठ ठेकेदारलगायत वन कर्मचारीको मिलेमतोमा विनाश भएका थिए । त्यसैगरी, चुरे फेदैमा रहेका रतनपुरी र अमलेखगंज गाविसमा रहेका सामुदायिक वन समूहमा पनि वनविनाशको प्रक्रिया उस्तै थियो । दुई दशक अघिदेखि समूहगतरूपमा वनविनाश बढ्नु, प्राकृतिक स्रोत साधनको जथाभावी उत्खननको परिणाम बस्तीमा पानीको हाहाकार मच्चिन शुरू भएको स्थानीय बूढापाकाहरू अड्कल काट्छन् । काठ, ग्राभेल बेचेर, ढुङ्गा पेलेर कमाउनेहरू मालामाल भएपनि त्यसबाट निम्तिने पीडा भने सबैले खेप्नुपरिरहेको छ ।
सुुक्यायाम बढेसँगै राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यावन्यन एकाइ भरतपुुर चितवनले यस वर्ष विभिन्न जिल्लाका धेरै ठाउँमा पोखरी खनेको छ । भूबनोट अनुसार प्राविधिकहरूद्वारा सम्भाव्यता अध्ययन गरी कतै वर्षाको पानी सङ्कलन हुुने, कतै भूूमिगत पानी सङ्कलन हुुने, कतै चुुरे भावर क्षेत्रमा जलपुुनर्भरण पोखरी निर्माण गर्ने जस्ता कार्यहरू गरिएको राष्ट्रपति चुरे संरक्षण कार्यालयका प्रमुख श्यामबाबू लोप्चनले जानकारी दिए ।
“खोला, खोल्सी, खहरेहरूमा पहिरो नियन्त्रण तथा रोकथाम गर्न तारजाली प्रयोग गरी तटबन्ध पनि गरिरहेका छौं । वृक्षारोपणका कार्यहरू पनि गरिरहेका छौं । संरक्षणमा स्थानीय तहको पनि उत्तिकै सहभागिता र प्रयास हुनुपर्ने हो । तर यसतर्फ उनीहरूले खासै ध्यान दिएका छैनन्,” उनले बताए ।
अधिकांश स्थानीय तहको नदीजन्य पदार्थ उत्खनन गरी आन्तरिक राजस्व सङ्कलनमैं बढी ध्यान केन्द्रित छ । नदीखोला, खहरेको जथाभावी उत्खननले वर्षामा कटान गर्न थालेपछि स्थानीय तहहरू नै तटबन्ध गर्न राष्ट्रपति चुुरे संरक्षण कार्यालयलाई गुहार्ने गरेको यस कार्यालयका अधिकांश प्राविधिक बताउँछन् । “संरक्षण गर्न नसक्नेले नबिगारिदिनु नि,” प्राविधिकहरू भन्छन् ।
स्थानीय तहहरूले नदीजन्य पदार्थ ठेक्का लगाइ आन्तरिक राजस्वका नाममा गर्ने अप्राकृतिक कार्यलाई बेलैमा न्यूनीकरण नगर्ने हो भने चुुरे क्षेत्रमा बढी भूूस्खलन हुुने, तराई–मधेसका क्षेत्रमा बाढीका कारण वनजङ्गल विनाशका साथै मानवबस्तीमा जनधनको अकल्पनीय क्षति हुन सक्ने राष्ट्रपति चुरे संरक्षण कार्यालयका प्राविधिक अनिलकुमार सिन्हा बताउँछन् । लाखौं मानिसले पानीको चरम अभाव भोग्नुपर्ने र प्राकृतिक विपत्तिको सामना गर्नुपर्ने अवस्था आउने उनले चेतावनी दिए ।