मातार्तीर्थ औंसीको अवसरमा आज चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ।
मातातीर्थमा कुण्ड
त्रेतायुगमा दशरथपुत्र मर्यादा पुरुषोत्तम श्रीराम वनवास कालमा लक्ष्मण र सीताका साथमा घुम्दै हालको मातातीर्थको स्थलमा पुगे। तर, भगवान राम भन्ने थाहा नपाएर अपरिचित व्यक्ति सम्झदै स्थानीयले उनीहरुमाथि आक्रमण गर्न सुरु गरे। त्यसपछि श्रीराम र स्थानीयका बीचमा घमसान युद्ध भयो। सो युद्धमा दुवै पक्ष थकित र भोक–प्यासले आकुलब्याकुल भए। माता सीता पनि प्यासले आकुल ब्याकुल भइन।
माता सिता पानीको प्याँसले आकुल ब्याकुल भए पछि भगवान रामले वरिपरि पानीको खोजी गरे कतै पनि पिउनका लागि पानी भेटिएन। पानी कतै पनि नभेटिएपछि भगवान् श्रीरामले गंगा मातालाई पुकार्न थाले।
‘माता गंगासमो तीर्थ पिता पुस्कर मे वचः’ भन्दै जब श्रीरामले माता गंगालाई पुर्कादै जमिनमा वाण प्रहार गरे, छेउमै पानीको कुण्ड बन्यो। उक्त कुण्डमा पानी उघाउन जाँदा सीताजीले सारा ब्रह्माण्डको दर्शन पाइन। कुण्डको जलमा उनको छाया पर्नासाथ भित्रको ढुंगामा उनको मूर्ति समेत कुँदिन पुग्यो। यसरी साक्षात् गंगा मातालाई आह्वान गरी भगवान् श्रीरामले उत्पत्ति गरेको पवित्र कुण्डलाई मातातीर्थ भन्न थालिएको धार्मिक मान्यता छ।

अर्को किवदन्ती
प्राचीन समयमा गाई चराउन आएका गोठालाले कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए। एउटा गोठालाले रोटी खान खोज्दा मुखमा रोटी नपरी नजिकैको कुण्ड भएतिर जान थाल्यो। रोटीको पछि लागेर कुण्डमा गएर हेर्दा त्यो गोठालोले मृत्यु भइसकेकी आमाको दर्शन पाएछ। घर फर्कने बेलामा गोठालाले आमालाई सँगै घर लाने र आमाबिना एक्लै नफर्कने जिद्दी गर्न थाले।
त्यसपछि कुण्डमा छायाको रुपमा आएकी आमाले छोरालाई प्रत्येक वैशाख औंसीको दिन तीर्थमा सन्तानलाई आशीर्वाद दिन आउने वाचा गर्दै जिद्धी गर्दै गरेका छोरालाई घर फर्काइन्।
आजकै दिन मृतक आमा मातातीर्थमा आउने जनविश्वास रहँदै आएको छ। आजको दिन त्यहाँ ठुलो मेला नै लाग्ने गरेको छ।