पर्साको पोखरीया नगरपालीकामा भोली बिहिबार देखी विष्णु महायज्ञको आयोजना हुने भएको छ ।
वडा नम्बर ४ वडाअध्यक्ष लक्षमण साह कानूको अध्यक्षतामा श्री बिष्णु महायज्ञको सम्बन्धमा मंगलबार सर्वदलीय बैठकबसी सो कुराको जानकारी गराएको छ ।
महायज्ञको पहिलो दिन २७ गते भोली बिहिबार कलश सहितको जल तथा शोभायात्रा हुने वडा अध्यक्ष कानुले बताए । यज्ञमण्डपबाट सुरु भई सो यात्रा सतवरिया हुदै, बारवा नदीमा जल भरी सेमरबारी हुँदै पुन यज्ञ स्थलमा पुग्ने उनले बताए ।
श्री बिष्णु महायज्ञमा अग्नि मंथन तथा मण्डप प्रवेश शुक्रबार हुने तथा पुर्णआहुति यहि जेष्ठ ४ गते हुने जनाइएको छ ।
पोखरियामा महायज्ञ हुने भएपछि बजार क्षेत्रमा रहेका माछा, मासु, तथा मदिरा जन्य पदार्थको बिक्री वितरणमा जेष्ठ ४ गते सम्म रोक लगाइएको वडा अध्यक्ष कानूले बताए ।
यज्ञ स्थल तथा मेलामा आउने दर्शनार्थीको लागी ठाउँ ठाउँमा चापाकाल तथा सौचालयको व्यस्था गरिएको छ भने, निशुल्क प्राथमिक उपचार सेवा, तथा औषधी वितरण सहित स्वास्थ्यकर्मीको पनि व्यवस्था गरिएको छ ।
महायज्ञमा मनोरंजनका लागी मौतका कुवा, टावर झुलुवा लगायत मेलाको पनि आयोजना गरिएको छ ।
भारतिय तथा स्थानीय कलाकारद्धरा रामलीला, रासलिला राशलिला, प्रबचन तथा प्रवचनको पनि व्यस्था गरिएको छ ।
वडाअध्यक्ष तथा यज्ञअध्यक्ष कानूको अध्यक्षतामा बसेको सो बैठकमा प्रमुख अतिथि पोखरिया नगर पालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहान ,वडा अध्यक्ष केदार महतो चाई, महेन्द्र महतो चाई, सोनालाल साह गोड, पूर्व मेयर सिपनारायण प्रसाद रौनियार, ने का पा एमालेका नगर अध्यक्ष बिंधाचल ठाकुर, नेपाली कांग्रेसका नगर अध्यक्ष रामबाबू चौहान ,नेता नेजामोदिन समानी , संकर प्रसाद यादव पन्नालाल पटेल, समाजसेवी गोरख साह कानू ,गोवर्धन यादव , भरत साह तेली , बालाकी राम ,कौशल साह गोढ, जोगेन्द्र प्रसाद रौनियार लगायत स्थानीय साधु सन्तको उपस्थित रहेको थियो ।