वीरगञ्ज महानगरको ऐतिहासीक एवं धरोहरको रुपमा चिनिने गहवामाई मन्दिरमा रहेको रथको मण्डपलाई चाँदीको बनाइदै छ ।
श्री गहवामाई रथ यात्रा समितिले माताको रथको मण्डपलाई चाँदीको पत्रले ढाकिने जनाएको छ । साथै यहि असाढ २३ गते मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा वृहत रथ यात्रा निकिलिने समितिका अध्यक्ष श्याम पोखरेलले बताए ।
समितिले मण्डपमा दुई दिन अघि नै काठमाडौं पठाइसकेको पर्सा अनलाइनलाई अध्यक्ष पोखरेलले बताए ।
रथको मण्डपलाई चाँदीको पत्रले ढाक्न १५ किलो चाँदी लाग्ने समितिले जनाएको छ । जसमा अहिले सम्म ५ किलो चाँदी स्थानीय दाताहरुले सहयोग वापत उपलब्ध गराइसकेको उनको भनाई छ । उनले अझ १० किलो चाँदी चाहिने भएकाले श्रद्धालुदाताहरुलाई सक्दो सहयोग गरिदिन अनुरोध गरेका छन् ।
सहयोग गर्न चाहने व्यक्तिले मन्दिरको छेउमा रहेको समितिको कार्यालयमा अथवा रथ समितिका उपाध्यक्ष देवानन्द कलवार अथवा कोषाध्यक्ष रवि अग्रवालसंग सम्पर्क गर्न उनले भने ।

गहवामाईको रथ निर्माणमा पछिल्लो वर्ष करिब २० लाख रुपैयाँ खर्च भएको रथ यात्रा निर्माण समितिका महा–सचिव पप्पु गुप्ताले बताए ।
उनले यसका लगी वीरगञ्ज महानगरपालीकाले ३ लाख रुपैया, माईस्थान मन्दिर संचालक समितिले साढे ३ लाख र बाकि रकम स्थानीय दाताहरुले दान स्वरुप सहयोग गरेको बताए । पछिल्लो वर्ष रथ निर्माणमा करिब ४ सय घनफिट काठ प्रयोग गरिएको छ । त्यसमा वन विभागबाट सरकारी मुल्यमा उपलब्ध गराएको उनले बताए ।
सखुवा र सिसमको काठले तयार पारिएको रथ २ महिनामा तयार भएको थियो । स्थानीय १० जना कारिगरहरुले निर्माण गरिएको रथमा यस वर्ष अधुरा रहेका काम गरिने महा–सचिव गुप्ताले जनाए ।
गतवर्ष हजारौ श्रद्धालुको भिडमा निकालिएको थियो गहवा माईको रथयात्रा

गत वर्ष असाढ ५ गते वीरगञ्जवासीको आस्थाको केन्द्र मानिने गहवा माईको नवनिर्मित मन्दिरको ११ औं वार्षिकोत्सवको अवसरमा पहिलो पटक रथयात्रा निकालिएपछि पर्सा, बारा रौतहट तथा सिमा पारीका विभिन्न स्थानका हजारौ श्रद्धालुहरु रथयात्राका लागी एकजुट भएका थिए । देवीको रथलाई लाई फुलैफुलले दुलहीझैं श्रृगांरिएको थियो ।
मन्दिर पनि सयपत्रि फुल र झिलिमिलि बत्तिले सजाइको छ । रथयात्रामा भोजपुरी समुदायका पारम्परिक लोक बाजा तथा धार्मीक नृत्य र झाँकी पनि प्रस्तुत गरिएका थिए ।
वीरगञ्ज नगरको स्थापना गहवा गाउँबाट भएको मान्यता रहेको छ । गहवामाई कै नामबाट सो ठाउँको नाम परेकाले गहवामाई लाई नगरकि देवीको रुपमा पुज्ने गरिन्छ ।
यहाँको हरेक धार्मीक कार्य देखी लिएर विवाह यज्ञ जे गर्दा पनि स्थानीयहरुले घरको कुल देवता पछि उनलाई आह्वान गर्ने धार्मीक रितिरिवाज छ । वीरगञ्ज बजारको मुटुमा अवस्थित गहवामाईलाइ “दुअरदेवी माई” “माईस्थान” अर्थात देवीको स्थान भनेर पनि चिन्ने गरिन्छ । वीरगंञ्ज आउने जो कोहि पनि हिन्दुधर्मावलम्बि एक पटक गहवामाईको दर्शन अवस्य गर्छन् ।
स्थानीय युवाहरुको सकृयतामा भएको रथ यात्रा सराहनीय भएको माईस्थान संचालक समितिका पुर्व अध्यक्ष दिना प्रसाद गुप्ताले बताए । धर्मप्रति युवाहरुको आस्था हराइरहदा अहिले युवाहरुको जमातले ऐतिहासीका काम गरेको र उनीहरुकै सकृयतामा यस्तो वृहत कार्यहरुको आयोजना हुनु सम्पुर्ण नगरवासीका लागी खुशीको कुरा भएको उनले बताए ।