नेपाल रेडक्रस सोसाइटी माइस्थान उपशाखाको आयोजनामा आज गिता मन्दिर परिसरमा शनिबार निशुल्क स्वास्थ्य परिक्षण सम्पन्न भएको छ ।
बिश्व रेडक्रस दिवस “मे ८“ तारिखको अवसरमा प्रत्येक वर्ष झै यस वर्षपनि स्वास्थ्य शिविरको आयोजना गरिएको रेडक्रस उपशाखाका सभापति मदन प्रसाद गुप्ताले बताए ।
उनले वृद्ध असहाय एवं एकल महिला, बालबालिका लगायत सबैले स्वास्थ्य परिक्षण गराइ शिविरबाट लाभ लिनु हुनेछ भन्ने उद्देश्यका साथ शिविर संचालन गरिएको बताए ।
शिविरमा १२ जना महिला सहित ४१ जनाले परिक्षण गराएका छन् । सो शिविरमा डा. प्रमोद सरार्फ, डा. राधा भट्टराई, डा. सुमन प्रसाद, डा. प्रियकां चौधरी, सुनिल जयसवाल, पवन पटेल, सागर गुप्ताले स्वास्थ्य परिक्षण गरेका थिए ।
त्यसैगरी, प्राबिधिक सहयोग गर्नेमा सुजित गुप्ता, पल्लबी मिश्रा, शेखर गुप्ता, काजल गुप्ता, दिपक सिंह थिए भने रेडक्रस पर्साका उपमन्त्री शाविर अहमद एराज, कोषाध्यक्ष महन्थ प्रसाद यादव, दिनानाथ रौनियार, काशी प्रसाद साह, गणेश प्रसाद साह, सरोजा राणा, नि. शाखा अधिकृत बिरशमसेर प्रसाद कुर्मी, कार्यालय सहयोगी मिना क्षेत्री, लक्ष्मिनारायण राउत लगायत रेडक्रसका कर्मचारी राजन श्रीवास्तवको सहभागीता रहेको थियो ।