हिन्दू परिषद नेपालद्वारा पर्सा जिल्लाको महिला कार्य समिति गठन एवम् बिस्तार गरिएको छ ।
नेपाललाई हिन्दू राष्ट्रय बनाउनु पर्ने मांगलाई पुरा गर्ने उद्देश्यका साथ सुरु गरिएको अभियानलाई सफल पार्न हिन्दू परिषद नेपालद्वारा पर्सा जिल्लामा महिला कार्य समिति गठन एवम् बिस्तार कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय अध्यक्ष संजय कुमार सर्राफले जनाए ।
शनिबार वीरगञ्जको टिवडेवाल धर्मशालामा भएको सो जिल्लाको महिला कार्य समितिaमा २३ सदस्यीय कमिटि गठन गरिएको छ ।
जसको अध्यक्षमा संगीता गुप्ता , उपाध्यक्ष चन्दा शर्मा , रेखा खेमका, सचिव गुडी कुमारी साह , सह–सचिव रुपसिला देवी, कोषाध्यक्ष इन्द्रा सिहं लगायतका महिला रहेका छन् ।
हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष संजय कुमार सर्राफको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्य समिति गठनमा केन्द्रिय उपाध्यक्ष सुरेश साह कानु, सदस्य लाल बाबु प्रसाद कुर्मी, पंडित सचिता नन्द दुबे, उमेश साह कानू, अजिता देवी, बन्दना शर्मा, पर्सा जिल्ला सचिव अंशु कुमार नगर युवा अध्यक्ष दिपक सर्राफ, उपाध्यक्ष राहुल बगाडिया, वीरगञ्ज वडा नं.२ का अध्यक्ष बीरेन्द्र कुशवाह, तथा माननिय बिना शर्मा, ब्राह्मण समाज नेपाललेको केन्द्रिय उपाध्यक्ष देव नाथ उपाध्याय एवम् ब्राह्मण समाजको पर्सा संरक्षक नरेन्द्र तिवारी लगायतको उपस्थिति रहेको थियो ।