पर्सा प्रहरीले बितेको महिना बैशाखमा मात्र ६ करोड बराबरको तस्करीका मालसामान बरामद गरेको प्रगति विवरण सार्वजनीक गरेको छ ।
प्रहरीले बैशाख महिनामा मात्र ६ करोड १३ लाख ६८ हजार ४४ रुपैयाको विभिन्न किसिमका लत्ताकपडा खुद्रा, किराना, औषधी तथा ईलेक्ट्रोनिक्स सामानहरू नियन्त्रणमा लिएको हो ।
त्यसैगरी, प्रहरीले नियन्त्रण्मा लिएकाहरुको फैसला कार्यन्वयनमा १ सय ५१ जनालाई ५ वर्ष देखि २९ दिन कैदमा १५ लाख ८ हजार ७ सय ४२ रुपैया जरिवाना गराएको छ ।
पर्सा प्रहरीबाट बिभिन्न मुद्दाका फरार रहेका ११ जना प्रतिवादी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बैशाख महिना मात्र प्रहरीले १ लाख २३ हजार नकली नोट, हुण्डी कारोवारीबाट ३५ लाख २० हजार ७ सय सहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले बताए ।
उनका अनुसार पर्सा जिल्लाबाट चोरी भएका ४२ वटा मोबाईल सम्बन्धित धनीलाई बुझाईएको थापाले जानकारी दिए । त्यसतै प्रहरीले १ थान मेड इन युएसए पेस्तोल समेत पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पछिलो महिना पर्सा प्रहरीले लागुऔषध १५ के.जी. गाँजा, खैरो हिरोईन ५७.४५ ग्राम, कोरेक्स ६७ बोत्तल, नाइट्राभेट ७९९ पिस, फेनारगन ३० एम्पुल, डाइजेल्याब ३३ एम्पुल र नुरफिन ३३ एम्पुल नियन्त्रण्मा लिएको थापाले जानकारी दिए ।