बारामा प्रहरीले गत बैशाख महिनामा राजश्व छली र तस्करीका गरी ६ करोड भन्दा बढी मूल्यको सामान बरामद गरेको छ ।
गत बैशाख महिनाको प्रगती बिवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाराले एक महिनामा जिल्लाका विभिन्न स्थानबाट गरी तस्करीका लत्ताकपडा, औषधि, हार्डबेयर, इलेक्ट्रोनिक्स,किराना र खुद्रा सामान गरी ६ करोड ५६ हजार ४ सय ५३ रुपैयाँ मूल्यका मालसामान, ३ वटा मोटरसाईकल र ७ वटा साईकल बरामद गरको जनाएको हो ।
यस्तै गत बैशाख महिनामा विभिन्न ७३ वटा मुद्दा दर्ता गरी ५१ जना फरार प्रतिवादी पक्राउ गरिएको छ ।
बारा प्रहरीले गत बैशाख महिनामा लागुऔषधमा ८ वटा मुद्दा गरेको छ भने १० जनालाई पक्राउ गरिएको बाराका प्रहरी नायब उपरक्षिक दधिराम न्यौपानेले बताए ।
उनका अनुसार बैशाख महिनामा लागू औषध गाजाँ ४ सय ६७ केजी, नाइट्राभेट ट्याब्लेट ४ हजार ६ सय ८० पिस, डाइजोपाम १ हजार ३ सय १८ एम्पुल, नोरफिन १ हजार ३ सय १८ एम्पुल र फेनारगन १ हजार ३ सय १८ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताएका छन् ।
त्यसै अदालतबाट बिभिन्न मुद्दामा कैद जरिवाना तोकेका ३४ जना फरार प्रतिवादी पक्राउ गरी २० दिन देखि ५ वर्षसम्मका जरीवाना गरीएको न्यौपानेले बताए ।
गत बैशाखमा मात्र ट्राफिक कारवाही सम्बन्धिमा १७ वटा भारतीय सवारीसाधन भंसार कार्यालय, २८ वटा यातायात कार्यालय र राजश्व कार्यालाय बारामा बुझाईएको प्रगती बिवरणमा उल्लेख गरिएको छ ।
त्यसतै बिभिन्न ठाउँबाट हराएको ६ वटा मोबाईल खोज तलास गरी सम्बन्धित धनीलाई बुझाईएको न्यौपानेले बताए ।