वीरगञ्जको रामगढवा २४ मा थारु धर्मशालाको शिलन्यास भएको छ । थारु कल्याणकारी सभा पर्साद्वारा आइतबार थारु धर्मशालाको शिलान्यास गरिएको छ।
कार्यक्रम प्रमुख अथिती एवम् पुर्ब मन्त्री सुरेन्द्र प्रसाद चौधरी तथा बिशिष्ट अथिती नागरिक उन्मुक्ति पार्टी पर्साका अध्यक्ष निरन्जन चौधरीद्वारा धर्मशालाको शिलान्यास गरिएको हो।
कार्यक्रममा थारू समुदायमा अहिले देखावटीपन ले गर्दा यस समुदायका मानिस ऋणको चपेटामा परिरहेको प्रमुख अतिथि पूर्व मंत्री सुरेंद्र चौधरीको भनाइ थियो। साथै उनले थारु समाजको सुधारका लागी विभिन्न योजना तथा जनचेतनामूलक कार्यक्रम सुचारु गर्नु पर्नेमा जोड दिएका थिए।
पुर्ब मन्त्री चौधरीले थारु धर्मशाला पुर्ण रुपले सम्पन्न गर्नको लागि रु। दस लाखको चेक सहयोग गरेका थिए ।
थारु कल्याणकारी संघ पर्साको कार्यबाहक अध्यक्ष भागवत प्रसाद चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा जङ्ग बहादुर चौधरी, राजु प्रसाद चौधरी, अमय दास थारु, मोहन दास थारु, शेखर चौधरी, रितनारायन चौधरी,कृष्ण चौधरी,सन्जय पन्जियार, शुभनारायण चौधरी, लगायत पर्सा जिल्लाका विभिन्न थारु संघसंगठनका अगुवाहरुको उपस्थिति रहेको थियोे।
कार्यक्रमको सहजीकरण सचीव मनोज चौधरीले गरेका थिए ।