वीरगञ्ज । वीरगञ्जको नगवास्थित सनलाईट इङ्गलिस सेकेन्ड्री स्कूलमा कल्चरल फुड फेस्टिभल सम्पन्न भएको छ । कल्चरल फुड फेस्टिवलमा व्यवस्थापन संकायको कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले विभिन्न प्रकारका स्थानीय तथा नेपाली खाना र खाजाका परिकार बनाई बिक्रिवितरण गरेका थिए ।
स्कूलका प्रिन्सिपल आलोक चौरसियाको अध्यक्षतामा सम्पन्न फुड फेस्टिबलको प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधानले उद्घाटन गरेका थिए । कार्यक्रममा प्याब्सन पर्साका उपाध्यक्ष एवम् जिवन ज्योति स्कूलका प्रिन्सिपल शिव गुप्ता, साउथजोन स्कूलका प्रिन्सिपल सरोज चौधरी, भाइस प्रिन्सिपल अशोक संग्रौला, प्याब्सन पर्साका सचिव राहुल श्रीवास्तव लगायतले विद्यार्थीहरुले बनाएको परिकारहरु खाएर विद्यार्थीहरुको मेहनत र लगनको प्रशंसा गरेका थिए ।
सो फेस्टिबलमा भाजा पकौडी, पानीपुरी, चाट, सेल रोटी, चिया, घोंङ्गी, चिप्स पकौडा, नेपाली अचार, मोमो, चिकेन पिजा लगायतका करिब एक दर्जन स्टलहरु रहेको स्कूलका शिक्षक राजन चौरसियाले जानकारी दिए ।
पढाईसँगै उद्यमशिलता र व्यवसायका बारेमा विद्यार्थीाई बुझाउने अभिप्रायले फुड फेस्टिबल आयोजना गरे गरेर कमाउन सकिन्छ भनि उदेश्यका साथ सो फुड फेस्टिबल आयोजना गरिएको स्कुलका प्रिन्सिपल आलोक चौरसियाले बताए ।
सो अवसरमा स्कूलका बोर्ड सदस्यहरु उमेश साह, बिजय चौरसिया, दिनेश साह, धनन्जय चौरसिया, राजेश साह, मनोज प्रसाद, शिवम साह लगायत शिक्षक, शिक्षिका, अभिभावक, सञ्चारकर्मी एवं विद्यार्थीहरुको सहभागिता रहेको थियो ।