बढ़दो गर्मिका कारण अहिले तराईमा जनजिवन प्रभावित भएको छ। उच्च तापक्रमले गर्दा मानिसहरु बिरामी पर्ने साथै मृत्यु समेत भइरहेको कुरा विभिन्न समाचारको माध्यमबाट तपाईं हामी सबैमा अवगत नै छ।
गर्मीका कारण बीरगंजको नारायणी अस्पताल लगायत अन्य अस्पतालमा बिरामीको चाप बढ़दो छ।
सुत्केरी लगायत अन्य बिरामीहरुमा रगतको अभाव हुने बित्तिकै बिरगंजको रक्त संचार केन्द्रलाई हामी सबैले सम्झिन्छौ ।
यता, गर्मीका कारणले रक्तदान कार्यक्रममा समेत कमि भएकोले अस्पतालमा उपचारका लागि आएका बिरामी र उनीहरुको कुरुवालाइ पनि रक्तसञ्चार केन्द्रबाट रगत उपलब्ध गराउन सकिने वातावरण थिएन सन्दर्भ गर्मी र साथै गर्मीले गर्दा रक्तदान कार्यक्रमको आयोजनामा कमि ।
धेरै जस्तो प्रत्येक महिनाको शनिबारका दिन विभिन्न संस्थाले कार्यक्रमको आयोजना गर्ने गर्दछन तर यो साताको कुनै संस्थाले रक्तदान कार्यक्रम गराउनको लागि पहल एवं समन्वय नगरेकोले निकै चिन्ताको बिषय बनेको थियो ।
एकजना वडावासीलाई रगत आवश्यकता पर्दा वडाअध्यक्ष सुशील साह कानुले समन्वयको लागि फोन गर्नु भयो त्यही सन्दर्भमा कुरा हुदा "अध्यक्ष ज्यु हाम्रो रक्तसञ्चार केन्द्रमा रगतको हाहाकार भयो, सहयोग गर्नुस रक्तदान कार्यक्रम तुरुन्तै गराउनुस भन्दा वहाले अर्को साताको शनिबारको लागि भन्नू भयो मैले होइन भोलिको शनिबार गर्नुस" वहाले गार्हो छ तर गर्न सकिन्छ भनेर फोन राख्नु भयो ।
१ घन्टा पछि रक्तदान कार्यक्रममा प्राबिधिक सहयोगको लागि पत्र रक्तसञ्चार केन्द्रमा प्राप्त भयो, पत्र प्राप्ती पछि आगलागिमा एक बाल्टिन पानी पाए जस्तै राहत मिले जस्तै हामी सबै कर्मचारीलाई भयो ।
भोलिपल्ट शनिबार प्राविधिक टोलि सहित हामी सबै कर्मचारी वडा कार्यलय पुग्यो । र वडा नम्बर १० का वडा अध्यक्ष सुशील कुमार कानुले स्वयं आफैले रक्तदान गरि कार्यक्रमको सुरुवात गरे ।
बिस्तारै एकदिन मै ४ जना महिला सहित ७५ जनाले रक्तदान गरेर रक्तसञ्चारमा रगत पठाए । यसरी रगतको चरम अभाव भइरहेको बेला वडा कार्यालयको सराहनीय सहयोग रह्यो ।
रगत मानिसको शरीर मै उत्पादन हुने र यसको मानव शरिर भन्दा अरु कुनै विकल्प नरहेको हुँदा सबैले रक्तदान गर्ने बानी बसाल्नु पर्ने कुरा वडाअध्यक्ष सुशील साह कानु बताउछन् ।
वडावासीका कुनै पनि व्यक्तिमा रगतको समस्या नहोस भनेर उहाँहरुले प्रत्येक वर्ष २ पटक सम्म रक्तदान कार्यक्रमको आयोजना गर्दै आउनु भएको छ साथै उहाँ निर्वचित भए पछि वडावासीहरुको सहजताका लागि रक्तसञ्चार केन्द्रमा लाग्ने रगत परिक्षण बापतको शुल्क नलाग्ने निशुल्क सम्झौता गरेर गरीब नागरिकका लागि सराहनीय कार्य गर्नु भएको छ ।
सम्झौता भए संगै वीरगन्ज महानगरपालिकाका वडा नम्बर १० का स्थानीयले रक्त सञ्चार केन्द्रबाट वडाको सिफारिसमा बिगत २ वर्ष देखी नि:शुल्क रगत प्राप्त गर्दै छन् । उनले आफनो वडाका कोहि पनि जनता पैसाको अभावमा स्वास्थ्य सेवाबाट बन्चित नहोउन् भन्ने आफ्नो उद्देश्य रहेको बताउछन् ।
रगतको क्षेत्रमा हरेक स्थानीय तहका जनप्रतिनिधिले यसरी नै सहयोग गरे कोइ बिरामी रगतको कारण ज्यान गुमाउने अवस्था नआउने मेरो बुझाइ छ ।
(लेखक राजन श्रीवास्तव रक्त सञ्चार केन्द्र बिरगंज शाखामा कार्यरत कर्मचारी हुन तथा लामो समय देखी सामाजिक क्षेत्रमा स्वयंसेवकको रूपमा सेवा दिदै आएका छन् ।)