तपाई अकास्मत् बिरामी भएर अस्पताल भर्ना हुनुप-यो भने कहिलेकाहिँ चिकित्सकहरुले शरीरमा हेमोग्लोबिनको मात्रा कम भएको पत्ता लगाउँछन् । शरिरमा जब हेमोग्लोबिनको कमी हुन्छ यसको असर शरीरमा बहने रगतको अक्सिजनको मात्रामा पर्छ ।
रगतमा अक्सिजनको कमीले कमजोरी हुन्छ । बिरामी बेहोश पनि हुनसक्छ । सामान्य काम गर्दा पनि श्वास फेर्न गाह्रो हुने गर्छ । तर खानपानको मात्रा मात्रै मिलाउन सकियो भने पनि हेमोग्लोबिनको मात्रा बढ्छ । रक्तकोषिकामा पाइने एक प्रकारको प्रोटिनलाई हेमोग्लोबिन भनिन्छ ।
यसको काम सासमार्फत लिएको अक्सिजनलाई शरीरको सबै भागमा पु¥याउनु हो । तर स्वास्थ्यको ख्याल नराख्दा शरीरमा आवश्यक पर्ने प्रोटिन, भिटामिन र खनिजको मात्रा कम हुन्छ, जसले रगतमा हेमोग्लोबिनको मात्रा पनि कम हुँदै जान्छ । यी तत्व कमी हुँदा मानिसलाई विभिन्न स्वास्थ्य समस्याले सताउन सक्छ ।
हेमोग्लोबिन कम हुने कारण
आइरन, भिटामिन बी–१२ र फोलिक एसिडको कमी, कुनै दुर्घटनाले रक्तश्राव बढी हुनु, महिलामा महिनावारीको समयमा अत्यधिक रक्तश्राव हुनु, दिसामा रगत जानु, शरीरले पर्याप्त मात्रामा रातो रक्तकोषिका निर्माण गर्न नसक्नु हेमोग्लोबिन कमी भएको लक्षण हो ।
यस्तै वंशाणुगत कारण पनि हेमोग्लोबिनको कमी हुन सक्छ । गर्भ रहेको चार महिनापछि गर्भवतीमा रगतको कमी हुन्छ । यसबेला रक्तअल्पताको पनि समस्या हुने गर्छ । त्यस्तै, बोनम्यारोमा समस्या, शरीरमा रगत फुटाउने रोग, जन्मजात हेमोग्लोबिन कम हुन सक्छ । विशेषगरी वृद्धवृद्धामा आइरन कमी भएको व्यक्तिमा हेमोग्लोबिनको कमी हुने जोखिम हुन्छ ।
शरीरमा हेमोग्लोबिनको कमीले गर्दा देखिने समस्याहरु
–शरीर दुख्ने
–रक्तअल्पत्ता हुने
–किड्नी र कलेजोको विरामी
–मुटुरोग
–मांसपेशीमा कमजोर हुने
–छालाको रङ बदलिने र घाउ चाडैँ निको नहुने
–महिनावारीको समयमा धेरै दुखाई हुने
–शरीर चिसो भइराख्ने