बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ अमलेखगञ्जमा रहेको नेपाल बिटुमिन तथा ब्यारल उधोग लि.मा मंगलबार दिउसो भएको आगलागीबाट उधोगको कच्चा पदार्थ सहित करोडौको क्षति भएको छ ।
आगोबाट बिटुमिन तताउन च्याम्बर तताउन हिटिङ फायरिङ गर्ने क्रममा भएको आगलागीबाट करिब ५ करोड बढीको क्षति पुगेको उधोगका प्रबन्धक अशोक श्रेष्ठले बताएका छन ।
उद्योग बाहिर रहेका श्रेष्ठले पाच करोड क्षति भएको बताएपनि उद्योगमै रहेका लेखापाल ज्ञान भरोशी गुप्ताले भने तीन करोड क्षति भएको बताएका छन ।
करिब ३ बजे च्याम्बर तताउन हिटिङ फायरिङ गर्ने क्रममा भएको आगो करिब २ घण्टा पछि नियन्त्रणमा आएको प्रबन्धक श्रेष्ठको भनाई छ । प्रारम्भिक हेर्दा करिब ३ करोड क्षति पुगेको अनुमान भएपनि पुर्ण विबरण आउन समय लाग्ने सिमरा ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक चिरञ्जीवी दाहालले बताए ।
उद्योगमा लागेको आगो नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीले २ घण्टापछि नियन्त्रणमा लिएका छन् । आगो निभाउन नेपाल आयल निगम अमलेखगञ्ज, जीतपुरसिमरा, बिरगंज महानगर, हेटौडा नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको हो ।
घटनामा कुनै मानवीय क्षति पुगेको छैन । घटनास्थलबाट ५०० मिटर छेउमा नेपाल आयल निगमको अमलेखगन्ज डिपो रहेको छ ।
आगलागिको सुचना पछि जितपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले निरिक्षण समेत गरेका छन।
उधोगमा २२ कर्मचारी कार्यरत छन ।
सडक पिच गर्ने ब्युटमिन भारतबाट ल्याएर उधोगले ईमोशन तयार गर्ने यस्ता उधोग नेपालभर दुईवटा रहेको श्रेष्ठले बताए ।