आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणको आफ्ना अन्तिम २ का लागि बिहीबार सेन्ट भिन्सेन्ट आइपुगेको नेपाली टोली स्पिनर सन्दीप लामिछाने सहित अभ्यास गरेको छ।
दक्षिण अफ्रिकासँग शुक्रबार स्थानीय समय अनुसार साँझ ७:३० बजे (नेपाली समय अनुसार शनिवार बिहान ५:१५ बजे )खेल हुने छ । खेल मैदान आर्नस भेलमा हुने छ ।
अन्तिम २ खेलका लागि नेपाल क्रिकेट सङ्घ ९क्यान० ले सन्दीपलाई क्यानाडा हुँदै सेन्ट भिन्सेन्ट पठाएको बताइएको छ।
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सन्दीपले पछिल्लो केही महिनाअघि प्रतिस्पर्धात्मक क्रिकेट नखेले पनि उनको खास फरक नपर्ने बताएका छन् ।
दक्षिण अफ्रिकाका बलर कागिसा रबाडाले सन्दीप अनुमान गर्न नसकिने उत्कृष्ट स्पिनर रहेको जनाउँदै आफूहरूले खेल्ने कुनै टोलीलाई कमजोरी नठान्ने बताए। सन् २०१७/१८ मा सन्दीप र रबाडा आइपिएल टोली दिल्लीमा थिए।
प्रतिश जिसीलाई हटाउँदै उनको ठाउँमा सन्दीपलाई १४ मा राखिएको छ। उनी दक्षिण अफ्रिकाको प्लेइङ ११ मा पर्ने सम्भावना छ। नेपालले सुपर ८ पुग्नका लागि अन्तिम २ खेल जित्नै पर्ने हुन्छ।
नेपाली टोली बिहीबार स्थानिय समय अनुसार ३स्३० बजे सेन्ट भिन्सेन्ट आइपुगेको थियो । क्रिकेट टोली अमेरिकाको फ्लोरिडाको खराब मौसमका कारण बुधबार रोकिएको थियो।
लगातारको वर्षाकै कारण नेपाल र श्रीलङ्काबिच मङ्गलवार फ्लोरिडामा हुने खेल पनि रद्द भएको थियो। सेन्ट भिन्सेन्टमा नेपाल र दक्षिण अफ्रिका बिच जुन शुक्रबार नेपाली समय अनुसार शनिवार बिहान ५:१५ बजे र नेपाल र बङ्गलादेशबिच आइतबार ९नेपाली समय अनुसार सोमबार बिहान ५:१५ ० हुने तालिका छ।
आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। समूहबाट ६ अङ्कसहित दक्षिण अफ्रिका सुपर एटमा पुगिसकेको छ। बङ्गलादेशको ४ अङ्क छ। नेदरल्याण्ड्स २ अङ्क तथा नेपाल १ अङ्क छ । १ अङ्क जोडेको श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएको छ।