राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध मधेस ब्यूरो र चुरे सिवालिग विशेष ब्यूरोको आयोजना र संविधानसभा सदस्य तथा पूर्व मन्त्री राम नरेश रायको अध्यक्षतामा ‘मधेसी–पहाडी एकता सभा’ कार्यक्रम गरिएको छ ।
लालबन्दीको खेल मैदानबाट भएको -याली तरकारी बजार चौकमा पुगि सभामा परिणत भएको थियो । कार्यक्रममा प्रमुख अतिथीको रहेका राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक तथा पूर्व उप्रधानमन्त्री राजेन्द्र महतोले मधेस आन्दोलनताका राज्यले मधेसको मुद्दालाई ओझेलमा पार्न पहाडी विरुद्धको आन्दोलन भनि गलत भाष्य निर्माण गरेको आरोप लगाए ।
त्यही भाष्यलाई चिर्न र सबै उत्पीडित जाति र समुदायको माग मुद्दा पुरा गराउन मधेसी पहाडी एकता सभाको आयोजन आवस्यक रहेको उनले बताए । महतोले लोकतान्त्रिक आन्दोलनको कार्यभार पुरा नभएकोले आफुहरुलाई राष्ट्रिय मुक्ति क्रान्ति गर्नु परेको समेत बताए ।
अर्का नेता केशव झाले देशका सबै उत्पीडितहरु अहिलेसम्म छुट्टाछुट्टै संघर्ष गरेकाले कसैले केही प्राप्त गर्न नसकेको बताए । त्यसकारण आदिवासी जनजाति, मधेसी, उत्पीडित खस आर्य सबै मिलि संघर्ष गर्नुको विकल्प नरहेको बताए ।
मधेसमा तराई, पहाड, हिमाल सबै भुगोलका बासिहरु बस्ने भएकोले आपसी सदभाव र सहअस्तित्व स्वीकार गर्नुपर्ने उनेल बताए ।कार्यक्रममा तामाङ धेदुङका राष्ट्रिय अध्यक्ष मोहन गोले, राष्ट्रिय मुक्ति क्रान्तिका नेतागण कमला गुरुङ, सुमन सायमी, राजिव झा, बुद्धछिरिङ मोक्तान, जुनतारा पुन मगर, कौशल सिंह कुशवाहा, नेजामुदिन समानी, रमण पाण्डेय, नेरुता मोक्तान, हुसेन खान, बिनोद साह, जिवन तामाङ, संजय सिंह, दिपक झा, कृष्ण कुमार साह राजेश यादव लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।