बाराको पचरौता नगरपालिका अन्तर्गत बनौली क्रिकेट क्लबले आयोजना गरेको पचरौता मेयर कप टि-२० क्रिकेट २०८१ को आज बेनौलीमा उद्घाटन भएको छ ।
मेयर कप टि-२० क्रिकेट प्रतियोगिताको अध्यक्षता क्लबका अध्यक्ष अरनिको यादवले गरेका थिए भने प्रमुख अतिथिको रुपमा मेयर जलन्धर सिंह रहेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रवक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी यादव, शिक्षा सहायक मुकेश कुमार सिंह, भैयाराम सहनी, रौशन यादव, बिनोद पटेल, आयोजक टीमका उमेश सिंह, भुलावन सहनी, सरोज यादव, राधेश्याम पंडित, कॉमन्टेटर बुधराम मुखिया लगायत खेलाड़ी तथा दर्शकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
खेलकुदको समग्र विकास गर्न तत्पर रहेको मेयर सिंहले कार्यक्रम मार्फत सम्बोधन गरेका थिए । यसैगरी मेयर सिंहले खेलाडी र खेलको हकहितका लागि जस्तोसुकै प्रयास र प्रतिकार गर्न आफू तयार रहेको बताए । कार्यक्रमको संचालन शिक्षाकर्मी प्रमानन्द सिंहले गरेका थिए ।
मेयर कप टि-२० क्रिकेट प्रतियोगिता एक हफ्तासम्म चल्नेछ । प्रतियोगितामा कुल १६ टिमकाे सहभागिता रहेको छ। विजेता टिमकाे लागि रु ८० हजार नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेताका लागि रु ४० हजार नगद, ट्रफी र प्रमाणपत्रको व्यवस्था गरेको आयोजक समितिले जनाएको छ । आजको उद्घाटन खेल जिंगडवा रौतहट र तेलकुआँ बाराबीच हुँदै छ ।