वीरगञ्जमा गएराती दुई वटा लोकसेवा तयारी केन्द्रमा आगलगी हुँदा लाखौंको क्षति भएको छ ।
बुधबार राती करीब १२ बजे विद्युत सटसर्किट भई शंकल्प लोकसेवा तयारी केन्द्र र मधेस लोक सेवा तयारी केन्द्रमा आगलागी भएको हो ।
सुरुमा शंकल्प लोकसेवा तयारी केन्द्रबाट सल्केको आगोको झिल्कोले छेउमा रहेको मधेश लोकसेवा तयारी केन्द्रमा समेत फैलिएको थियो जसबाट लाखौंको सामान जलेर नष्ट भएको जनाइएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं ८ मा रहेको मधेश लोकसेवा तयारी केन्द्रमा १३ लाख बराबरको सामानहरु जलेर नष्ट भएको केन्द्रका संचालक निखिल पासवानले बताए ।
आगलगीबाट एसि ६ थान, जिपसन बेर्ड प्याई, १० थान पंखा , ३ थान वाईट बोर्ड, २ थान स्टेनफ्यान , १ थान ल्यापटप, २ थान कम्प्युटर, १ थान प्रिन्टर, टेबल ब्रेन्च कुर्सी लगायतको सामानहरु जलेर नष्ट भएको पासवानले बताए ।
शंकल्प लोकसेवा तयारी केन्द्रमा पनि लाखौंको क्षति भएको जनाइएको छ ।
अहिले दुबै लोकसेवाको सम्पूर्ण कक्षा अर्को सूचना नभए सम्मको लागि स्थगित गरीएको जनाइएको छ ।