अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा वीरगञ्जमा पनि एक दिने योग शिविर सम्पन्न भएको छ । सो अवसरमा विश्वभर आज योग शिविर मनाइरहँदा नेपालका विभिन्न स्थानमा पनि बनाइएको छ । भारतीय महावाणिज्य दूतावास वीरगञ्जको आयोजनामा वीरगञ्जस्थित पुरानो बस पार्कमा योग शिविर सम्पन्न भएको हो ।
योग शिविर कार्यक्रम भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्य दूत देवी सहाय मिनाले अन्तर्राष्ट्रिय योग दिवसको स्थापना गर्ने प्रस्ताव भारतले गरेको र नेपालसहित एक सय ७७ सदस्य राष्ट्रले अनुमोदन गरेपछि योगको महत्त्व र सान्दर्भिकता अझै बढ्दै गएकाले यसलाई अझै व्यापकता दिन तथा योगले नै निरोग राख्ने र स्वस्थ्य राख्ने भएकाले महावाणिज्य दूतावासले वीरगञ्जमा मात्रै सीमित गरेको योग शिविरलाई व्यापकता दिन तथा यसको महत्त्व दर्साउन मुलुकको विभिन्न छव ठाउँमा समेत योग शिविरको स्थापना गरिएको जानकारी दिइन् ।
त्यस्तै उनले योग ‘शब्द संस्कृतबाट आएको यसको अर्थ जोडनु वा एकीकरण गर्नु रहेको बताइन् । योग पूर्णरूपमा अध्यात्मिक र अनुशासित बनाउँछ । योगले दिमाग र शरीरलाई पूर्णरूपमा शान्त र स्वास्थ्य राख्ने अभ्यास रहेको मिनाले बताइन् । दूतवासले ९ संस्करण सफलतापूर्वक आयोजना गरेको जानकारी गराए ।
कार्यक्रमका प्रमुख अतिथि रहेका मधेस प्रदेशका खेलकुद मन्त्री प्रमोद जैसवालले योगको सम्बन्ध नेपाल र भारतमा सदियौँदेखि चलिआएको बताए । योगको सुरुवात नै भारत र नेपालको जमिनबाट भएको भन्दै उनले मानव स्वास्थ्यमा योगको ठूलो महत्व रहेको बताए ।
उक्त योग शिविर कार्यक्रममा विशिष्ट अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, अतिथि गणेश लाठ, डा. सुबोध गुप्तालगायत स्थानीयवासी, समाजसेवीहरुको सहभागीता रहेको थियो ।
त्यसैगरी योग शिविरमा विभिन्न ख्यातीप्राप्त योग गुरु तथा लब्यप्रतिष्ठित व्यक्ति र विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको थियो । सो शिविर पूर्ण रूपले खुल्ला र निःशुल्क गरिएको थियो । कार्यक्रम सहजीकरण वीरगञ्ज महावाणिज्य दूतावास वीरगञ्जका शशीभुषण कुमारले गरेका थिए ।