पर्सा प्रहरीले आजदेखि ‘स्मार्ट कन्ट्रोल रुम’ सेवा सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको काम छिटो छरितो बनाउनका लागि पर्सा प्रहरीले मधेश प्रदेशमा पहिलोपटक ‘स्मार्ट कन्ट्रोल’ रुम सेवा सञ्चालन ल्याइएको हो ।
पर्साका प्रमुख जिल्ला अधिकार दिनेश सागर भुसालले ‘स्मार्ट कन्ट्रोल’ रुमको उद्घाटन गरेका हुन । प्रहरीले आजदेखि सञ्चाल गरेको ‘स्मार्ट कन्ट्रोल’ सेवाको अवधारणा राम्रो रहेकोले त्यही बमोजिमको सेवा प्रवाह गर्न सुझाव दिए ।
उद्घाट गर्दै प्रमुख जिल्ला अधिकारी भुसालले ‘स्मार्ट कन्ट्रोल’ बाट भुइँ मान्छेको समस्या समाधान तर्फ तदारुकता देखाउन प्रहरीलाई निर्देशन दिए ।
समस्याको तत्काल सम्बोधन तथा अपराध रोकथाम हेतुले उपत्यकापछि पर्सामा पहिलोपटक ‘स्मार्ट कन्ट्रोल’ बाट सेवा प्रवाहको अवधारणा ल्याइएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए ।
उनका अनुसार अब यो सेवामार्फत प्रहरीले कुनै पनि घटनाको छिटो र छरितो जानकारी लिइ त्यसको समाधानका लागि तुरुन्त प्रहरी परिचालन हुनेछ ।
जिल्ला प्रहरी कार्यालयमा विभिन्न माध्यमबाट खबर संकलन गरी उचित प्रक्रियाबाट प्रहरी परिचालन तथा नियन्त्रण गर्नको निमित्त यो कन्ट्रोल रुममा १०० नम्बरमा आउने कलको गुनासाहरु टिपोट गरिन्छ, त्यसपछि लगत्तै सम्बोधनका लागि घटनास्थलमा रहेका प्रहरीलाई परिचालित गरिन्छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले आजदेखि सञ्चालनमा ल्याएको स्मार्ट कन्ट्रोल रुमबाट सेवा लिन सहज छ । यो सेवाका लागि सर्वसाधारणले १०० मा फोन गर्नुपर्ने हुन्छ ।
त्यसपछि आफ्नो घटना विवरण टिपाउनु पर्ने हुन्छ । घटना विवरण टिपाइ सकेपछि स्मार्ट कन्ट्रोल रुमबाट तत्कालै प्रहरी कन्ट्रोल र सम्बन्धित एरियामा रहेका प्रहरी यूनिटसहितका प्रहरी संयन्त्रलाई त्यो सूचना पठाइन्छ ।
सूचना पठाएको केही मिनेटभित्रमै नजिकका प्रहरी संयन्त्रले घटनास्थलमा पुगेर सेवा प्रदान गर्नेछन् । यहाँ फोन गर्दा घटनास्थलमा समयमै प्रहरी पुग्नुपर्ने हुन्छ । नपुगे त्यो प्रहरीलाई कारबाही हुने व्यवस्था छ ।
यो स्मार्ट कन्ट्रोल रुममा सबै कुरा रेकर्ड हुन्छ । स्मार्ट कन्ट्रोल रुममा २४ घण्टा प्रहरीको ड्यूटी रहन्छ, जसको काम खाली सर्वसाधारणबाट आएको गुनासाहरुको सम्बोधन गराउने हो ।
प्रहरीका अनुसार सर्वसधारणको समस्या समाधानकै लागि यो सेवा सुरु गरिएको हो । त्यसमा पनि स्मार्ट कन्ट्रोल रुमको प्रत्यक्ष निगरानी एसपी स्वयमले गरिरहेका हुन्छन् ।