गर्मी महिनामा शरीरबाट धेरै पसिना आएर हैरान नै हुन्छ । पसिना छालाको भित्री पत्रमा रहेको ग्रन्थीबाट बन्छ । जुन ग्रन्थीको काम शरीरको तापमानलाई नियन्त्रण गर्नु हो ।
पसिना आउनु स्वास्थ्यका लागि राम्रो पनि मानिन्छ । शरीरबाट पसिना निस्कनु शरीरका लागि आवश्यक छ । शरीरमा भएको बिकार पसिनाकै रुपमा शरीरबाट बाहिर निस्कने हुनाले पसिनाले शरीरको तापक्रमलाई समेत सन्तुलनमा समेत राख्छ । यद्यपि, आवश्यकता भन्दा बढि पसिना आएर शरीर तथा पहिरन नै दुर्गन्धित हुन सक्छ ।
पसिनाको गन्ध अप्रिय हुन्छ । जसले वरिपरी बस्ने मानिसलाई समेत असहज बनाइरहेको हुन्छ । कोहीको कम गन्हाउँछ गन्ध आउँछ भने कोहीको अत्यन्तै नराम्रो गन्ध आउने गर्छ ।
पसिना गन्हाउँछ ? यस्ता छन् कारण :
ब्याक्टेरिया इन्फेक्सन
अल्कोहलको बढी प्रयोग
जङ्क फुड खानाले
वंशाणुगत कारण
मसालेदार खानेकुरा धेरै खाएर
धुम्रपान गर्नाले
लसुन प्याजको प्रयोग धेरै गरेर
समाधान: दैनिक नुहाउने, नुहाउँदा एन्टिब्याक्टेरिया भएको साबुनको प्रयोग गुर्नुपर्छ । प्रत्येक दिन फिट्किरीको लेप लगाउने । ब्याक्टेरिया फङ्गस नै छ भने एन्टिब्याक्टेरिया क्रिमको प्रयोग गर्नुपर्छ । यदि क्रिमले पनि काम गरेन भने एन्टी फङ्गस ट्याबलेट, एन्टिबायोटिक ट्याब्लेट खानुपर्छ ।
शरीरको केही भागमा पसिना बढी आउँछ । जस्तै- हत्केला, निधार, खुट्टा, काखी आदि भागमा पसिना ग्रन्थीहरू धेरै मात्रामा हुन्छन् । हाम्रो शरीरको तापक्रम घटेर पसिना आउँछ । यही कारण हो, जगिङ गर्दा, कुस्तीमा जाँदा, कडा परिश्रम गर्दा वा धेरै गर्मी हुँदा पसिना आउन थाल्छ । तनावपूर्ण अवस्थामा पनि हाम्रो शरीरको तापक्रम बढ्छ र पसिना आउँछ ।
तनावपूर्ण अवस्थामा पसिना किन आउँछ ?
जब हामी नर्भस हुन्छौं तनाव हार्मोन सक्रिय हुन्छ । जसकारण शरीरको तापक्रम र मुटुको धड्कन बढ्छ । त्यसपछि मस्तिष्कमा रहेको हाइपोथ्यालेमसले पसिना ग्रन्थीहरूलाई सन्देश दिन्छ- शरीरलाई चिसो बनाउन थोरै पसिना आउन आवश्यक छ ।
तनावपूर्ण अवस्थाबाट कसरी बच्ने भनेर चिन्ता गरियो भने समस्या अझै बढ्छ । श्वासप्रश्वास र रक्त प्रवाह पनि बढ्छ र जसले गर्दा धेरै पसिना आउँछ । धेरै पसिना आउने समस्याबाट बच्नका लागि यी उपाय अपनाउन सकिन्छ ।
आराम र ध्यान
यदि मुटुको धड्कन बढेको छ भने आराम गर्नुपर्छ । आफ्नो श्वासप्रश्वासमा ध्यान दिनुपर्छ । गहिरो सास लिने (५-६ सेकेन्ड) होल्ड गर्ने र छोड्ने । यसले दिमाग शान्त र तनाव कम गर्छ साथै पसिना आउन पनि कम हुन्छ ।
नियमित व्यायाम गर्ने
नियमित व्यायाम गर्ने मानिसलाई तनाव कम हुन्छ र आत्मविश्वास बढ्छ । जति आत्मविश्वास बढ्छ त्यति नै तनावपूर्ण परिस्थितिको सामना गर्न सक्षम भइन्छ र तनावपूर्ण अवस्थामा कम पसिना आउँछ ।
शरीरमा पानीको मात्रा कायम राख्ने
शरीरको तापक्रम घटाउन, अधिक पानी पिउनुपर्छ । ताकि शरीरले पसिनाको रूपमा छालाको माध्यमबाट अतिरिक्त गर्मी बाहिर निकाल्छ ।
डिओडोरेन्टको प्रयोग गर्ने
डिओडोरेन्टमा पसिना रोक्न क्षमता हुन्छ । यदि तनाव वा चिन्ताले पसिना आउने समस्या छ भने धेरै पसिना आउने ठाउँमा डिओडोरेन्ट लगाएर यसलाई रोक्न सकिन्छ ।
गाढा रङको लुगा नलगाउने
गर्मी मौसममा हल्का रङको लुगा लगाउनुपर्छ । गाढा रङका लुगाले बढी तातो शोषण गर्छ, गर्मी महसुस गराउँछ र पसिना आउँछ । यो मौसममा सुती कपडा लगाउनु राम्रो हुन्छ । सुती कपडाले पसिना सोस्छ ।
धेरै चिया कफी नपिउने
धेरै चिया र कफी पिउने मानिसलाई पसिना पनि धेरै आउँछ । तातो पेय पदार्थले शरीरको तापक्रम बढाउँछ । त्यसैले गर्मी मौसममा चिसो पेय पदार्थहरू जस्तै दही, दही लस्सी, फ्रुट जुस आदि पिउनुपर्छ ।