बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी टोलमा मङ्गलबार राष्ट्रिय बजरंग दलको वडा कमिटी गठन भएको छ । मङ्गलबार बसेको राष्ट्रिय बजरंग दलको बैठकले २० सदस्यीय वडा कमिटी गठन गरेको हो । सूर्य प्रताप पटेलको संयोजकमा २० सदस्यीय वडा कमिटी गठन गरिएको छ ।
जसको अध्यक्षमा विन्देश्वर पटेल, उपाध्यक्षमा निरज सिंह, दोश्रो उपाध्यक्षमा राजन यादव, मन्त्रीमा रोहित राज यादव, सह मन्त्रीमा करण पासवान, सदस्यहरुमा सन्तोष पटेल, जितेन्द्र पटेल, धीरज सिंह, सुरज सिंह, रोशन सिंह, अखिलेश पटेल, विशाल पटेल, शिवलाल यादव, राधेश्याम प्रजापति राजेश पटेल, सोनु पटेल, अजित राम, लगाएत सदस्यहरू रहेका छन । राष्ट्रिय बजरंग दल पर्सा जिल्ला अध्यक्ष विवेक सनातन बाबाको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
उनले बहुअरी टोलमा पनि राष्ट्रिय बजरंग दलको जन्म भएको र यसमा आबद्ध सबै युवा साथीहरु मिलेर हिन्दू धर्म, संस्कृतिलाई संरक्षण गर्नेतिर लाग्नु पर्ने आफ्नो धारणा राखे । यसैगरी विशिष्ट अतिथि राष्ट्रिय बजरंग दलका वीरगन्ज महानगर अध्यक्ष नितेश पटेल, प्रसौनी गाउँपालिका अध्यक्ष सन्दिप यादव र देव गुप्ताको उपस्थिति रहेको थियो । सहभागीहरुले आफ्ना धर्म, संस्कृतिलाई संरक्षण गरेर सामाजिक सेवामा पनि काम गर्दै जाने प्रतिबद्धता जनाएका थिए ।
यस परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी टोलमा युवाहरुले निरन्तर रूपमा प्रत्येक मंगलबारको दिन सामूहिक हनुमान चालीसाको पाठ पढदै आएका छन । पाठ पढ्नको लागि हरेक हप्ता युवाहरुको सहभागिता बढदै गएको छ र हिजो मङ्गलबार २२ औ पटक हनुमान चालिसाको पाठ पढिएको छ ।