भगवान शिवलाई देवाधिदेव महादेव भनिन्छ। मान्यता अनुसार जसका प्रती भगवान शिवले दया देखाउँछन उसले जीवनमा कुनै प्रकारको समस्याको सामना गर्नुपर्दैन।
साथै त्यस्तो व्यक्तिको सबै मनोकामना पनि पूरा हुन्छ । यदि तपाई पनि भगवान भोले शंकरको कृपा प्राप्त गर्न चाहनुहुन्छ भने आफ्नो राशि अनुसार यी उपाय अपनाउन सक्नुहुन्छ ।
मेष
मेष राशिका व्यक्तिहरूले भोलेनाथको कृपा प्राप्त गर्न भगवान शिवलाई सख्खर र दहीले अभिषेक गर्नुपर्छ। भगवान शिवलाई रातो गुलाल चढाउनुपर्छ ।
वृष
भगवान शिवको आशीर्वाद प्राप्त गर्न वृष राशिका व्यक्तिले भगवान शिवको पूजामा दही, चिनी, चामल, सेतो चन्दन आदि प्रयोग गर्नुपर्छ । भगवान शिवलाई सेतो फूल चढाउनु उपयुक्त हुन्छ ।
मिथुन
मिथुन राशिका व्यक्तिले भगवान शिवलाई उखुको रसले अभिषेक गर्नुपर्छ । यो राशिका मानिसहरूलाइ बेलपत्र चढाउँदा पनि लाभ हुन्छ।
कर्कट
कर्कट राशि भएकाहरुले भगवान शिवलाई घ्यूले अभिषेक गर्नुपर्छ । यसका साथै काँचो दूध, धतुरोको फूल र दहीले शिवलिंगको पूजा गर्नुपर्छ। मावाबाट बनेको मिठाई चढाएर शिवलाई प्रसन्न तुल्याउँन सकिन्छ ।
सिंह
सिंह राशिका व्यक्तिहरूले महादेवको आशीर्वाद प्राप्त गर्न सख्खरयुक्त जलले अभिषेक गर्नुपर्छ। शिव मन्त्रको जप गर्नु पनि लाभदायक हुन्छ।
कन्या
कन्या राशिका व्यक्तिले भगवान शंकरको आशीर्वाद पाउन भाङ र पान चढाउनुपर्छ । शिवलिंगमा बेलको पात र फल पनि अर्पण गर्नसकिन्छ ।
तुला
तुला राशिका व्यक्तिहरूले भगवान शिवलाई दही, मह र अत्तरले अभिषेक गर्न सक्छन्। साथै भगवान शिवको शहस्त्र नाम जप गर्नाले शुभ फल प्राप्त हुन्छ ।
वृश्चिक
भगवान शिवको आशीर्वाद प्राप्त गर्न पञ्चामृतले शिवलिंगलाई अभिषेक गर्नुपर्छ भने रुद्राष्टकको पाठ पनि गर्नसकिन्छ ।
धनु
भगवान शंकरको आशीर्वाद प्राप्त गर्न धन राशिका व्यक्तिले भगवान शिवलाई बेसार तथा दूधले अभिषेक गर्नुपर्छ । शंकरलाइ चनाबाट बनेको मिठाई पनि चढाउन सकिन्छ ।
मकर
मकर राशिका व्यक्तिहरूले भगवान शिवको आशीर्वाद प्राप्त गर्न जलले अभिषेक गर्नुपर्छ भने शिवलिंगमा नीलो फूल चढाउनु पर्छ । साथै दीप प्रज्वलन गरी भगवान शिवको पूजा गर्नुहोस् ।
कुम्भ
कुम्भ राशिका व्यक्तिहरूले भगवान शिवलाई तिलको तेलले अभिषेक गर्नुपर्छ। पानीमा सेतो तिल मिसाएर पनि भगवान शिवलाई अभिषेक गर्न सकिन्छ।
मीन
मीन राशिका व्यक्तिहरूले केसर मिसाएर भगवान शिवको जलाभिषेक गर्नुपर्छ भने रावण द्वारा लिखित शिव तांडव पनि पाठ गर्न सकिन्छ।