जयन्ती मंगला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तु ते ।।
हिन्दू धर्ममा, शनिबार माता कालीको पूजा गर्दा शुभ फल प्राप्त हुने जनविश्वास रहेको छ । यो दिन माता कालीको कृपा प्राप्त गर्नको लागि उत्तम मानिन्छ। यस दिनलाई काली माताका साथै शनिदेवलाई समर्पित मानिन्छ। यस्तो अवस्थामा शनिबार केही विशेष उपाय अपनाउन सकिन्छ ।
माता माहाकालीलाई शक्ति स्वरुपा देवीको रुपमा पूजा अर्चना गर्ने गरिन्छ । साधक संन्यासी र तान्त्रिकहरु विशेष रुपमा महाकालीलाई पुज्दछन् । काली कालको संहार गर्ने र मोक्ष प्रदान गर्ने देवीको रुपमा उनको पुजा गरिन्छ ।
शनिबार माता कालीको उपसनाका लागि उनको तस्बिर वा मूर्तिमा स्वच्छ र पवित्र स्थानमा राख्ने र पानीले पखालेर मूर्तिमा तिलको टीका लगाई र फूल चढाउनुपर्छ ।
त्यसपश्चात् बसेर १०८ पटक ओम क्रीं कालिकायै नमः तथा ओम कपालिन्यै नमः भनेर मन्त्र उच्चारण गरिसकेपछि आफ्नो श्रद्धा र अनुसार भोग चढाउनुपर्दछ । माहाकालीको साधना र उपसनालाई निकै प्रभावशाली मानिन्छ । माता कालीको पूजा आरधनाबाट तत्काल परिणाम दिने जनविश्वास रहेको छ । उनीप्रति विश्वास र श्रद्धा गर्नेको जीवन निकै सुखमय हुने विश्वास गरिन्छ ।
कालीको पूजाबाट
सम्पुर्ण नकारात्मक उर्जा तपाईबाट टाढा जानेछ । सकारात्मक उर्जाको रक्षा हुनेछ । जीवनमा सुख शान्ति शक्ति विद्याको प्राप्ति हुन्छ । अशुद्धता राग द्वेष विघ्न बाधा हटेर जान्छ । आनन्द र मोक्ष प्राप्त हुन्छ ।
पैसाको समस्या हुनेछैन
धार्मिक मान्यता अनुसार माता कालीलाई गुड़ चढाउनु अति प्रिय मानिन्छ । यस्तो अवस्थामा माँ कालीको पूजा गर्दा गुड़ चढाउनुपर्छ । त्यसपछि यो गुड़ गरिबहरूलाई प्रसादको रूपमा बाँड्नुहोस्। यसो गर्नाले मानिसको जीवनमा धन सम्वन्धी समस्या हट्छ ।
माता काली खुशी हुनुहुनेछ
शनिबार पीपलको रुखमुनि कालो तिलको दानामा तोरीको तेलको दियो बाल्नुहोस् । यसका साथै पिपलको रुखलाई ७ पटक परिक्रमा गर्नुहोस् र यस समयमा माँ कालीको नाम जप गरिरहनुहोस्। मान्यता अनुसार यसो गर्नाले माता काली प्रसन्न हुनुहुनेछ।
शनिबार पीपलको रुखमुनि कालो तिलको दानामा तोरीको तेलको दियो बाल्नुहोस् । यसका साथै पिपलको रुखलाई ७ पटक परिक्रमा गर्नुहोस् र यस समयमा माँ कालीको नाम जप गरिरहनुहोस्। मान्यता अनुसार यसो गर्नाले माता काली प्रसन्न हुनुहुनेछ।
यी उपायहरू गर्नुहोस्
काली माताको मन्दिरमा गएर कागतीको माला चढाउने । यसका साथै देवी कालीलाई ताजा फलफूल र सुजीको खीर चढाउनुहोस्। यो उपाय गर्नाले देवी कालीको आशीर्वाद तपाईमा रहन्छ।
यो मन्त्रको जप गर्नुहोस्
शनिबार काली माताको मन्दिरमा गएर मा कालीको बीज मन्त्रको जप गर्नुपर्छ । यो मन्त्रको जप गर्दा रोगबाट मुक्ति मिल्ने जनविश्वास छ । यो मन्त्र कम्तिमा २१ पटक जप गर्नुपर्छ ।
।। ऊँ क्रीं क्रीं क्रीं हलीं ह्रीं खं स्फोटय क्रीं क्रीं क्रीं फट ।।