वीरगन्जमा शनिबार बृहस्पति फाउंडेशन नेपाल द्वारा रक्तदान तथा सम्मान कार्यक्रम संपन्न भएको छ।
सो रक्तदान कार्यक्रममा ४ जना महिला सहित २९ जनाले रगत दान गरेका छन् ।
वीरगन्ज–६ माईस्थान अतिथी सदनमा आयोजित रक्तदान कार्यक्रममा युवा समाजसेवी दीपक साह, बाबुनन्द पटेल लगायतकाले रगत दान गरेको रक्त सञ्चार केन्द्र वीरगन्जकाा प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।
फाउण्डेशनका अध्यक्ष ज्योतिष सम्राट डा. पुरुषोत्तम दुबेको अध्यक्षता तथा प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्माको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा नेपाल महिला संघकी केन्द्रिय सदस्य डा. सुष्मा तिवारी , नारायणी अस्पताल का अध्यक्ष धीरज गुप्ता, श्री गहवा माई रथ यात्रा समिति का महासचिव पप्पु गुप्ता, माईस्थान संचालक समिति का अध्यक्ष नरेंद्र शाह, जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, वीरगन्ज महानगरपालीका पूर्व उपमेयर शान्ति कार्की, फाउंडेशन का स्वास्थ विभाग प्रमुख वरिष्ठ चिकित्सक डा.नीरज कुमार सिंह , डेसिमल कालेज का अध्यक्ष प्रोफेसर सन्नी दुबे,नेबिसंघ पर्साका सभापति रमेश यादव, वीरगन्ज युवा समाजका कमल चौलागाईं, महिला समाज सेवी मिन्टु सिंह फाउंडेशन का सदस्यहरु चंदन पंडित,दीपक साह, पार्वती शर्मा, सीमा दुबे , लक्ष्मी साह , सोस्तिका चौधरी, समाजसेवी राजेंद्र भट्टराई, सामुदायिक श्रीपुर बाट दिलीप प्रधान लगायतको पनि उपस्थिति रहेको थियो भने सो कार्यक्रम मा सहयोगी संस्था कॉरपोरेट विकाश बैंक लाई विशेष धन्यवाद सहित संपूर्ण महानुभाव लाई सम्मान गरिएको थियो ।