वीरगञ्ज । शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृती प्रतिष्ठान पर्साले राष्ट्रिय धान दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । नगवा १६ मा रहेको नेपाल प्रौढ संघ वृद्धाआश्रमको प्रांगणमा शनिबार प्रतिष्ठानका अध्यक्ष मुना खनालको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथि वडाअध्यक्ष परशुराम चौरसियाले बाताबरण जोगाउन अहिलेको परिस्थितिमा जनहितका लागि वृक्षारोपण कार्यक्रम एकदमै सराहनिय रहको उनले बताए । अब आउने सन्ततीका लागी हामी सबै मिलेर रुख बिरुवा रौपौँ, र त्यसको संरक्षण गरौ भन्ने कुरामा उनले जोड दिए । साथै वडा अध्यक्ष चौरसियाले समाजको जेष्ठ नागरिकहरुको सेवा सहयोग गर्नु हाम्रो कर्तव्य रहेको र वडासमितिबाट यस वृद्धाआश्रमका लागी सक्दो सहयोगको लागि आफू जहिले पनि तैयार रहेको प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रमका बिशिस्ट अतिथी नारायणी अस्पतालका पुर्व मे.सु डा विरेन्द्र प्रधानले जेष्ठ नागरिकहरुको सेवा सम्मानका लागी आफ्नो बुवाले वृद्धाआश्रम बनाउने जुन सपना देख्नु भएको थियो त्यो अहिले बिस्तारै साकार भएको देख्दा निकै खुशी लागेको र आश्रममा आयोजित वृक्षारोपण कार्यक्रमका लागि प्रतिष्ठान परिवारलाई धन्यवाद प्रकट गरे ।
प्रतिष्ठानका वरिष्ठ सल्लाहकार समाजसेवी प्रकाश उपाध्यायले विगतको समयमा प्रकृतिको दोहन र खेलवाडको नतिजा आज हामी सबैले पानीको हाहाकारको रुपमा प्रत्यक्ष भोगी रहेका बताए । त्यसैले सबैले रुखबिरुवा रोपेर त्यस्को संरक्षण सम्बर्द्धन गर्नु नै आजको वृक्षारोपण कार्यक्रमको उद्देश्य रहेको र यहि सन्देशलाइ हामी सबैले आत्मसात गर्नु नै आजको आवस्यक्ता रहेको कुरामा जोड दिए ।
सो अवसरमा प्रतिष्ठानका अध्यक्ष खनालले प्रकृति हाम्रो लागि जिवनदायिनी हुनुभएकोले रुख रोपौ वातावरण जोगाऔ र आउने सन्तततिको भविस्य स्वास्थ्यमय सबल बनाउ भनी आग्रह गर्दै सहयोगी नेपाल प्रौढ संघ परिवार एवं सहभागी सम्पुर्णलाई धन्यवाद दिदै राष्ट्रिय धान दिवसको हार्दिक बधाई शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रमका अतिथिहरु वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,ईलाका प्रहरी कार्यालय नगवाका प्रहरी नायब निरीक्षक दिपिन थापा, रेल्वे स्कुलका प्रधानाध्यापक प्रभु प्रसाद रौनियार, बिकन स्कुलका प्र.अ जय कुमार दनुवार, प्रकृति सेवा प्रतिष्ठान नेपालका सहसचिव अभिनास झा, समाजसेवीहरु बाबुनन्द चौरसिया, भगवान श्रेष्ठ, हुकुम सिंह राजपुत, हरिन्द्र यादव, भगवती युवा क्लबका अध्यक्ष संजय श्रेष्ठ, युनाइटेड नेपाल फाउन्डेसनका अध्यक्ष आकाश दास, प्रतिष्ठानका कोषाध्यक्ष बिना खतिवडा आचार्य, सहसचिव अजित भुजेल, वरिष्ठ सल्लाहकार मनोज मिश्र लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।