वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा रहेको रामचरण साह पन्नालााल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आज छात्रवृति वितरण गरिएको छ ।
विद्यालयद्धारा आयोजित छात्रवृति कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष सुशील कुमार कानुले कक्षा १ देखि ८ सम्ममा अध्ययनरत दलित समुदायका छात्रछात्रा तथा गैरदलित समुदायका छात्रा गरी ३ सय विद्यार्थीहरुलाई जनही ४ सय रुपैयाँको दरले छात्रवृतिको रकम प्रदान गरेका छन् ।
वडाअध्यक्ष कानुले २०८० को एसईईमा विद्यालयको नतिजा निक्कै निराशाजनक आएकाले पठनपाठनमा सुधार ल्याउन शिक्षक–शिक्षिकाहरुलाई आग्रह गरे ।
उनले अभिभावक भन्दा पहिला विद्यार्थीको मार्गदर्शक गुरु नै भएकाले के-कस्ता कारणले विद्यार्थीहरुको एसईई नतिजा निराशा जनक आएको पत्ता लगाइ यस प्रति शिक्षक शिक्षिकाले विशेष ध्यान दिन तथा सुधार गर्न जरुरी रहेको बताए ।
साथै वडाअध्यक्ष कानुले विद्यालयको शिक्षामा कुनै सम्झौता नहुने भन्दै पठन पाठनको विषयमा शिक्षक अथवा विद्यार्थीको तर्फबाट केहि समस्या भए आफुलाई तुरन्त जानकारी गराउन भने ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मनोज चौहान, समाजसेवी प्रमानन्द साह कानु विद्यालय व्यवस्थापन समितिका सदस्यहरु सन्तोष साह कानु, नरेश सर्राफ, पुनम पाण्डे, रेखादेवी जैशी, किशोरी कलवार,वडा सदस्य प्रभु महतो, अभिभावक, शिक्षक,शिक्षिका लगायतका ेपनि सहभागीता थियो ।