एजेन्सी । भारतीय उद्योगपति मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाह अहिले निकै चर्चामा छ । छ महिना अघि देखि सुरु भएको विवाह कार्यक्रम शुक्रबार बल्ल सकिएको छ । अर्थात विवाह शुक्रबार भएको छ ।
अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा देशदुनियाँबाट ठूला ठूला सेलिब्रेटी सामेल भएका छन् । उनीहरुले विवाहमा पानी जसरी पैसा बगाएका छन् ।
रिपोर्टअनुसार विवाहमा भएको खर्चले संजय लीला भन्साली जस्ता ठूला निर्देशकले कम्तीमा पनि १० वटा फिल्म बनाउन सक्छन् ।
अनन्त अम्बानी र राधिका मर्चेन्टको यही वर्ष १ देखि ३ मार्चसम्म जामनगरमा प्रीवेडिंग फंक्शन भएको थियो । जहाँ बलिउडका कलाकारदेखि लिएर मार्क जुकरबर्ग, बिल गेट्स, रिहाना सहित संसारभरका व्यक्ति सामेल भएका थिए । उक्त कार्यक्रमको खर्च करीब एक हजार करोड भएको थियो ।
अनन्त र राधिकाको दोस्रो प्री वेडिंग फंक्शन २८ मईमा इटलीमा क्रुजमा भएको थियो । यसमा पनि कयौं भिभिआईपी पाहुना सामेल भएका थिए ।
अम्बानी परिवारले उक्त प्री वेडिंग पार्टीका लागि १० वटा विमान चार्टर्ड गरेको थियो । यसबाहेक १२ वटा प्राइभेट एयरक्राफ्टको व्यवस्था गरिएको थियो । यसबाहेक करीब १५० भन्दा बढी विलासी कारको व्यवस्था थियो ।
अनन्त अम्बानी र राधिका मर्चेन्टको मुम्बईको जियो वर्ल्ड सेन्टरमा विवाह सम्पन्न भएको छ । जसमा देशविदेशबाट थुप्रै अति विशिष्ट पाहुना समावेश भएका छन् ।
मुकेश अम्बानीको घरमा भएको यस विवाहमा पाहुनाको सुरक्षाका लागि एनएसजी कमान्डो, अन्तर्राष्ट्रिय सिक्योरिटी गार्ड्स, ट्राफिक पुलिस सहित विभिन्न सुरक्षाकर्मी तैनाथ थिए ।
अनन्त र राधिकाको यस विवाहमा २५०० खानाका परिकारको व्यवस्था थियो । यहाँसम्म कि विवाहमा सम्मिलित भएका पाहुनाका लागि रिटर्न गिफ्टको व्यवस्था समेत थियो ।
अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहका लागि बनाइएको कार्डको फोटो तथा भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
अम्बानीको तर्फबाट निमन्त्रणा स्वरुप बनाइएको यस कार्डको मूल्य समेत ६ देखि ७ लाख भारतीय रुपैयाँ रहेको बताइएको छ ।
अनन्त र राधिकाको विवाहको प्रिवेडिंगमा गीत गाउन आएकी हलिउड गायिका रिहानाले ७४ करोड भारतीय रुपैयाँ लिएको बताइएको थियो ।
अहिले विवाह अघिको संगीतमा गीत गाउन बोलाइएका हलिउड गायक जस्टिन बीबरले ८४ करोड लिएको रिपोर्टमा खबर छ । हरेक दिनका कार्यक्रममा करोडौं खर्च भएको थियो । विवाहको खर्च हजारौं करोडमा निस्कने अनुमान गर्न सकिन्छ ।