वीरगञ्ज । त्रिशूली नदीमा बस दुर्घटनमा बेपत्ता भएकाहरुको चाडै खोजतलास गर्न वीरगञ्जमा दिप प्रज्वलन गरि सरकारको ध्यानाकर्षण गराइएको छ ।
मंगलबार साँझ नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति पर्सा र नेपाल पिछडा वर्ग महासंघ पर्साद्धारा संयुक्त रुपमा मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता भएकाहरुको चाडै खोजतलास गर्न, तथा मृतक यात्रुका परिवारजनलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न दिप प्रज्वलन गरि सरकारको ध्यानाकर्षण गराइएको छ । साथै हाम फालेर ज्यान जोगाउन सफल भएका रौतहटका ३ जना घाइते यात्रुहरुको स्वास्थ्य लाभ कामना गरिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा वीरगञ्ज र गौरको दुइवटा बस बेपत्ता भएका छन् । जसमा सवार ६५ जना यात्रु मध्ये अहिले सम्म १५ जनाको मात्र शव फेला परेका छ । घटना भएको ५ दिन बितिसक्दा पनि अहिले सम्म सरकारले बेपत्ता बस र यात्रु खोज्न नसकेको भन्दै खोजी कार्यमा भइरहेको ढिलासुस्ती प्रति आपत्ती जनाउँदै उनले सरकारको ध्यानाकर्षणका लागी दिप प्रज्वलन गरिएको नेविसंघ पर्साका सभापति रमेश यादवले बताए ।
दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले खोजी कार्यलाई तिव्र पार्नुपर्नेमा जोड दिए । साथै बेपत्ता भएका र शब फेला परेकाहरुको परिवारलाई आवश्यक राहतको व्यवस्था गरी वितरण गर्न पनि उनले मांग गरे ।
उपसभापति कुर्मीको प्रमूख अतिथ्यतामा गहवामाई मन्दिरको प्राङ्गणमा गरिएको दीप प्रज्वलन कार्यक्रममा वीरगञ्ज महानगरपालिकाकी पूर्व उपप्रमुख शान्ती कार्की, नेपाली कांग्रेसका नेता श्याम पोख्रेल, महाधिवेशन प्रतिनीधि मनोजा चौधरी, मिन्टु सिंह, नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ (क) का पूर्व सभापति उमेश साह तेली युवा नेता दिलिपराज कार्की, नेपाल तरुण दलका केन्द्रिय सदस्य देवप्रकाश पटेल, लगायत मनोजा चौधारी, सन्तोष सिंह, वडाअध्यक्ष हिरा काजी महर्जन, कांग्रेसका युवा नेताहरु मनोहर साह, सरोज चौरसिया, बाबुनन्द पटेल, नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य साविर हुसैन, ओबीसी पर्साका अध्यक्ष देवनाथ महतो, नेपाल विद्यार्थी संघका जिल्ला मिलन यादव, राहुल पटेल, प्रकाश रौनियार,सुधांशु चौरसिया लगायतको सहभागिता रहेको थियो ।