भगवान् शिवका भक्तहरु नेपालमा मात्र नभएर विश्वभर छरिएका छन् । हिन्दू धर्ममा शिवजीलाई संहारक भनिएको छ तर भोले बाबा सबैभन्दा ठूला दाता पनि हुन् । भक्तले उनीसँग जे मागे पनि उनले कसैलाई निराश गर्दैनन् । भनिन्छ महादेवले प्रेम र भक्तिको अपेक्षा गर्नुहुन्छ । जो व्यक्ति साँचो मनले भगवान शिवको मन्दिरमा जान्छ र शिवलिंगमा जल मात्र चढाउँछ भगवान् उसको रक्षा गर्न तयार हुन्छन् ।
साउन महिनालाई भगवान् शिवको प्रिय महिनाका रुपमा लिइन्छ र भक्तजनको पनि विशेष महत्व छ । यति बेला मानिसहरूले उहाँको आशीर्वाद प्राप्त गर्न व्रत, पूजा र केही विशेष उपायहरू गर्छन् । श्रावण महिनामा भगवान शिवको भक्तिपूर्वक पूजा गर्नाले महादेवसँगै माता पार्वतीको समेत आशीर्वाद प्राप्त हुन्छ ।
यदि आर्थिक समस्यासँग लड्दै हुनुहुन्छ भने महादेवले तपाईंको समस्याको समाधान दिन सक्नुहुन्छ । ज्योतिषशास्त्र अनुसार केही उपायले धन र समृद्धि ल्याउन मद्दत गर्छ ।
आउनुहोस् साउन महिनाका केहि उपायहरू जानौं जसले हामिलाई धनी बनाउँछ र जीवनमा खुशी ल्याउनेछ ।
गंगाजल : गंगाजललाई हिन्दू धर्ममा सबैभन्दा पवित्र तत्व मध्ये एक मानिन्छ। सोमबारको दिन गंगाको जलले शिवलिंगको अभिषेक गर्नाले मनले चाहेको फल प्राप्त हुने जनविश्वास छ ।
धार्मिक ग्रन्थहरू अनुसार गंगाजल आफ्नो भान्सामा राख्दा पनि समृद्धि र सौभाग्य प्राप्त हुन सक्छ । यो उपायले घरमा सुख र धनको आगमन हुन्छ ।
चाँदीको त्रिशूल : चाँदीको त्रिशूललाई हिन्दू धर्ममा निकै महत्व दिइन्छ । यो मूलतस् त्रिशूल हो र यसलाई सोमबार घरमा ल्याउँदा घरबाट सबै नकारात्मक ऊर्जा हट्छ र घर सकारात्मक उर्जाले भरिन्छ। यदि कसैले चाँदीको त्रिशूल किन्न सक्दैन भने उसले पनि तामाको त्रिशूल किनेर घर ल्याउन सक्छ । यो उपायले घर र जीवनमा समृद्धि ल्याउनेछ र कुनै पनि प्रकारको आर्थिक समस्या हुनेछैन ।
भस्म : धार्मिक ग्रन्थ अनुसार भस्मलाई भगवान् शिवलाई अति प्रिय तत्व मध्ये एक मानिन्छ । यो महिना भस्मलाई मन्दिरमा राख्नु निकै शुभ मानिन्छ । भगवान् शिवको मुर्तिसँगै भस्म राख्ने हो भने भगवान प्रसन्न हुनुहुनेछ । यसो गर्नाले सबै बाधाहरू हटेर सुख-समृद्धि आउनेछ ।
रुद्राक्ष : रुद्राक्ष एउटा फल हो र यसको सुकेको दाना मानिसहरूले प्रार्थनाका लागि प्रयोग गर्छन् । साउन महिनामा रुद्राक्ष घरमा ल्याउनु शुभ मानिन्छ किनभने यसले भाग्य बदल्न सक्छ। यसका साथै घरमा धनसम्पत्तिमा वृद्धि हुन्छ । रुद्राक्ष धारण गर्नाले जीवनका सबै समस्याहरू हट्छन् र परिवारका सदस्यहरूबीच झगडा भए पनि शान्त हुन्छ । यसका साथै यसलाई घरमा राख्नाले सकारात्मक उर्जा पनि प्राप्त हुन्छ ।
चाँदीको कडा : धार्मिक ग्रन्थका अनुसार भगवान शिवले आफ्नो खुट्टामा चाँदीको कडा लगाउँछन् । यसको प्रभावले तीर्थयात्राका लागि शुभ योग बन्ने जनविश्वास छ । श्रावण महिनाको सोमबार घरमा कडा ल्याउनु प्रभावकारी हुन्छ ।
जोडी सर्प : भगवान् शिवको घाँटीमा सर्प बेरिएको हुनाले ज्योतिषशास्त्रमा साउन महिनामा चाँदी वा तामाको नाग–नागिनको जोडी घरमा ल्याउनु शुभ भनिएको छ । यसलाई घरको मुख्य ढोकामुनि राख्नुपर्छ । यसले रोकिएको काम पूरा गर्नेछ भने समृद्धि पनि ल्याउनेछ । यसबाट आफ्नो अड्किएको पैसा पनि फिर्ता पाउन सकिन्छ ।
बेलपत्र : शास्त्र अनुसार बेलपत्र एक अत्यावश्यक पात हो जसको बिना भगवान शिवको पूजा अधुरो मानिन्छ । भगवान् शिवलाई बेलपत्र चढाउँदा सबै मनोकामना पूरा हुने जनविश्वास छ । आर्थिक समस्या वा अन्य कुनै बाधा परे यो उपाय अपनाउँदा समस्या समाधान हुन्छ ।
डमरु : भगवान् शिवले आफ्नो हातमा डमरु बोक्छन् । यसको ध्वनिले नकारात्मक शक्तिको प्रभाव हटाउँछ । यसको आवाजले मानसिक तनाव हटाएर दिमागलाई शान्त राख्छ । ज्योतिषशास्त्र अनुसार साउन महिनाको सोमबार घरमा डमरु ल्याउनु शुभ मानिन्छ र यो बालबालिकाहरुलाई उपहार समेत दिन सकिन्छ। यसो गर्नाले धन प्राप्त हुनेछ।