वीरगन्ज । पर्साको धोबिनी गाउँपालिका एक कार्यक्रमका बिच पुर्ण खोप घोषणा गरिएको छ ।
गाउँपालिकाबाट खटाइएका स्वास्थ्यकर्मीहरुले घर(घरमा पुगेर वडाका १७ सय ८५ जना ५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाएपछि गाउँपालिका पूर्ण खोपयुक्त वडा घोषणा गरिएको हो ।
स्थानिय स्वामित्व र सहभागिता पुर्ण खोप सुनिश्चित्ता हाम्रो प्रतिवद्धता भन्ने’ नाराका कार्यालय प्राङ्गणमा कार्यक्रमको आयोजना गरिएको थियोे । पुर्ण खोप घोषणा कार्यक्रम मा प्रमुख अतिथि समेत रहनु भएका जिल्ला समन्वय समिति पर्साका सभापती निरंजन साह सोनारको प्रमुख अतिथ्यमा भएको पुर्ण खोप घोष्णा कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मदन प्रसाद चौहानले पूर्ण खोप युक्त वडा घोषणा गरेका थिए । चौहानले घोषणा पत्र पढेर पूर्ण रुपमा खोप युक्त वडा र गाउँपालिका घोषणा भएको सबैलाई जानकारी गराएका थिए
गाउँपालिका अध्यक्ष चौहानको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष चौहानले गाउँपालिका पुर्ण खोप घोषणा गर्दै स्वास्थ्यकर्मीहरुले गरेको काम सराहनिय रहेको बताए । उनले स्वास्थ्यकर्मीहरुले आफ्नो परिवारको सदस्यलाई समेत त्यागेर आम जनताको सेवामा दिन रात खटेर सबैको मन जितेको बताए ।
ुस्वास्थ्यकर्मीहरुको मेहनत र लगनशीलताका कारण आज हाम्रो गाउँपालिका पूर्ण खोप युक्त वडा घोषणा भएको चौहानको भनाई रहेको थियो।
अध्यक्ष चौहानले पालिकामा आफ्नो पहिलो प्राथमिकता स्वास्थ्य, शिक्षा र कृषि रहेकोले सबैभन्दा धेरै बजेट र स्रोत यसका पूर्वाधार विकासको लागि खर्च भइरहेको समेत बताएका थिए ।
अध्यक्ष चौहानले उच्च शिक्षाको लागि समेत गाउँमा गुणस्तरीय आधुनिक प्रविधियुक्त समेतुअब उच्च शिक्षाको लागि शहर गएर पढ्ने अवस्थाको अन्त्य हुने बताए ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद साहले गाउँपालिकाका महिलाहरुलाई खोपको महत्वका बारे जनचेतना अभिवृद्धि गर्ने आवश्यकता अहिलेपनि रहेको बताए । खोप नपाउँदा पाँच वर्ष मुनिका बालबालिकाहरुमा विभिन्न किसिमको रोग लाग्ने भएकोले बच्चा जन्मिना साथ चिकित्सकको सल्लाह अनुसार प्रत्येक खोप समयमा लगाउनुपर्ने सुझाव दिए ।अधिकृत साहले महिला स्वास्थ्यकर्मी र स्वयम सेविकाहरुको प्रशंसा दिदै गाउँपालिकालाई पूर्ण खोप घोषणा भएको बताए ।
कार्यक्रममा उपाध्यक्ष मन्जु देवी कुर्मी, जिल्ला स्वास्थ्य पर्साका प्रमुख मुक्तिनारायण साह,खोप सुपर्वाईजर प्रमुख जयमोद ठाकुर युनिसेफ का रानराज राणा,वडा अध्यक्ष अब्बास मियाँ , मनाउर अहमद, राजकिशोर प्रसाद कुर्मी, बन्धु साह तेली ,देबेन्द्र पटेल, कार्यपालिका सदस्य,गाउँपालिका सदस्य , स्वस्थ्य शाखा प्रमुख संजय यादव ,स्वास्थ्य शाखा सह संयोजक श्रीराम यादव, शिक्षा प्रमुख बृजकिसोर त्रिपाठी,योजना शाखा प्रमुख पप्पु पटेल जिन्सी प्रमुख प्रदिप पटेल, इन्जिनियर रविभुसन पटेल,लेखापाल धनन्जय दास, कर्मचारी, सुरक्षाकर्मी ,पत्रकार,लगाएतको सहभागिता रहेको थियो ।
पुर्णखोप घोषणा गराउन सहयोग गर्ने स्वास्थ्यकर्मीहरुलाई दोसल्ला ओढाई प्रमाणपत्र दिएर सम्मानित समेत गरिएको थियो। कार्यक्रम मा बिधालय का बिधार्थी हरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।कार्यक्रमको संचालन अशोक कुमार पटेलले गरेका थिए।