रौतहट । रौतहट–आम जनता पार्टी (आजपा) को मधेस प्रदेश कमिटी पुनर्गठन गरिएको छ । उमेश कुशवाहाको अध्यक्षतामा १ सय ८५ सदस्यीय मधेस प्रदेश कमिटी पुनर्गठन गरिएको हो ।
प्रदेश अध्यक्ष उमेश कुशवाहाका अनुसार प्रदेश इन्र्चाजमा सुधिर यादव, सहइन्चार्जमा श्रीचन मुखिया, उपाध्यक्षहरूमा बबिता यादव, विजय साह, सचिव ममता शर्मा, सहसचिव कामेश्वर साह र कोषाध्यक्षमा रामाकान्त भेडियर रहेका छन् ।
प्रदेश सदस्यहरूमा रामशरण यादव, वसन्त यादव, दीपलाल यादव, सुनिता महतो, अजय पटेल, लालबाबु जयसवाल, आशा महमद, अम्बिका साह, सन्तलाल यादव, पिंकी पासवान, राजकुमार सहनी, फेकु ठाकुर, ससिकान्त चौधरी, असोक पटेल, धनपत साह लगायतका रहेका छन् ।