आजको सन्दर्भ : डक्टर पुकार चन्द श्रेष्ठ विशेषज्ञ मृगौला र कलेजो प्रत्यारोपण।
विश्वभर डाक्टरलाई दोस्रो भगवानको दर्जा दिइन्छ, तर पछिल्लो समय केही व्यक्तिहरूले यस पवित्र पेशालाई व्यापार बनाएका छन्। हाम्रो देशको संविधानले सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने प्रावधान गरेको छ। तथापि, आजकल स्वास्थ्य उपचारको नाममा खुलमखुल्ला भ्रष्टाचार र व्यापार भइरहेको छ।
२०७१ सालमा मेरो बुवा, माननीय पूर्वमन्त्री स्वर्गीय मेघराज निषाद, मिर्गौला सम्बन्धी समस्या भएपछि हामी विभिन्न अस्पताल धायौं। त्यही क्रममा हाम्रो भेट डाक्टर पुकारचन्द श्रेष्ठसँग भयो। उहाँको सरलता, सजिलोपन, र बिरामी प्रतिको उत्तरदायित्व देखेर हामी अचम्मित भयौं। उहाँ साँच्चिकै भगवानको दोस्रो रूप जस्तै लाग्नुभयो। डाक्टर पुकारचन्दले मेरो बुवाको सफल मिर्गौला प्रत्यारोपण गर्नुभयो ।
२०७० सालकाे कुरा हाे मेरो स्वर्गीय बुवा मेघराज निषाद दोस्रो संविधानसभा सदस्य हुनुहुन्थ्यो । हामीले बुवालाई भन्यौ भारतमा मिर्गौला प्रत्यारोपण गराउन जाउ तर मेरो स्वर्गीय बुवाको एउटै भावना थियो । म मर्छु आफ्नै देशमा तर म अन्य देशकाे डक्टर सँग आफ्नो मृगौला प्रत्यारोपण गराउँदिन उहाँले आफ्नै देशको डक्टर पुकारचन्द श्रेष्ठलाई हृदय देखि विश्वास गरी उहाँकै हातबाट सफल मिर्गौला प्रत्यारोपण गराउनु भयो। मेरो बुवा सायद पहिलो व्यक्ति हुन जो नेपालको संसद हुँदा नेपाल कै सरकारी डक्टर मानव अङ्ग प्रत्यारोपण केन्द्र अस्पताल संस्थापक डक्टर पुकारचन्द्र श्रेष्ठ ज्यूलाई विश्वास गरी आफ्नो सफल मृगौला प्रत्यारोपण गराउनु भयो।
हामीले डाक्टर पुकार चन्द श्रेष्ठको इतिहास बुझ्दा बेलायतमा मृगौला, लिभर, र पेनक्रियाजमा विशेषज्ञता हासिल गरी नेपाल फर्किनुभयो। उहाँको उद्देश्य नेपाली जनतालाई सेवा गर्नु थियो। बेलायत, अमेरिका, र अन्य देशबाट अत्यधिक पारिश्रमिकको प्रस्ताव आउँदा पनि उहाँले आफ्नो मातृभूमि नेपाललाई छोड्न चाहनुभएन। उहाँले नेपालमा स्वास्थ्य सेवा प्रदान गर्दै आफ्नो देशप्रतिको प्रेम र समर्पण देखाउनुभयो।
आफ्नै देशको नागरिकलाई निःशुल्क सेवा प्रदान गर्छु भन्ने डाक्टर श्रेष्ठजुन त्याग हेराउनु भयो यसलाई नेपाल सरकारले पनि सम्मान गर्नुपर्छ। १७ वर्ष अगाडि वीर हस्पिटलबाट डक्टर पुकार चन्द श्रेष्ठज्यूले मृगौला प्रत्यारोपणको सुरुवात गर्नुभयो र वीर हस्पिटलमा उहाँले लगभग १०० भन्दा बडि मृगौलाको सफल प्रत्यारोपण गर्नुभएकाे छ । त्यस पश्चाताप २०६९ सालमा नेपाल सरकारको सहयोगबाट भक्तपुर जिल्ला अस्पतालको एउटा सानो भवनमा नेपालको इतिहासमा पहिलो पटक मानव अङ्क प्रत्यारोपण केन्द्रको स्थापना डक्टर पुकारचन्द श्रेष्ठले गराए । हालसम्म यस मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट नेपालीहरूको १५०० भन्दा बढीको मृगौला प्रत्यारोपण गरिसकेका छन र २६ जना भन्दा बढीको कलेजोको सफल पूर्वक प्रत्यारोपण गरिसके।
आज उहाँले काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्रै सीमित नभइ नेपालका विभिन्न प्रदेशहरुमा उहाँ र उहाँको टिमको सदस्य पूजा कोइराला, सनिषा लगायत अरु विभिन्न डाक्टरहरू मृगौला प्रत्यारोपण को सुरुवात गर्नुभएको छ । अहिले जस्तै गण्डकी प्रदेशको राजधानी पोखरा र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि सफल मृगौला प्रत्यारोपण भइरहेको छ।
यो आर्थिक वर्षमा २११ मृगौला र १५ वटा कलेजो सफल पूर्वक प्रत्यारोपण भएको छ। विश्वको इतिहासमा नेपालमा यति सफल कलेजो र मृगौला प्रत्यारोपण हुनु भनेको नेपालको गौरव हो।हामीलाई लाग्छ नेपाल जतिको सफल मृगौला र कलेजो प्रत्यारोपण अरु कुनै देशमा १०० % सफल भएको छैन यदि छ भने सरकारले प्रमाणित गरोस् ?
हाम्रो नेपालका दुःखी पीडित गरिबहरू आफनै देशमा कलेजो र मृगौला प्रत्यारोपण ढुक्कका साथ गराइरहेको छन्। आज पुकारचन्द श्रेष्ठ जस्तो डाक्टर नेपालमा नभएको भए आज हाम्रो देशको मृगौला र कलेजो रोगीहरू कुन अरु देश जान बाध्य हुन्थे तर यी सबै रोगीहरूलाई डाक्टर पुकारचन्द श्रेष्ठले मिर्गौला र कलेजो प्रत्यारोपण गरी नेपालमै राम्रो सुविधा दिनुभएको छ। यदि उनीहरुसँग प्रत्यारोपण गराउने पैसा नभएको भए र नेपालमा यो प्रत्यारोपणको सुविधा नभएको भए उहाहरु सबै मर्ने बाध्य हुनु पर्थ्यो ।
मानव अङ्ग प्रत्यारोपण केन्द्रको आफ्नो भवन जग्गा नहुँदा त यति राम्रो सँग देशका गरिब पीडित जनताहरूलाई सेवा दिदैँ आइरहेकाे छ। यदि नेपाल सरकारले आफ्नै भवन जग्गा उपलब्ध गराइदिएको भए आज नेपालमा मृगौला र कलेजो प्रत्यारोपणको मामिलामा विश्व जगतमै प्रख्यात हुन्थ्यो तर सरकारले किन कार्यमा यति विलम्ब गरिरहेको छ। हामी बुझ्न सकेका छैनौँ। कतैबाट सरकारलाई कमिसन आउँछ कि ?
डक्टर पुकार चन्द श्रेष्ठले अहिले एउटा अभियान देशव्यापी चलाइरहनुभएको छ, त्यो अभियानको नाम हो "अगंदान महादान" । उहाँ जस्तो व्यक्ति नेपालको लागि अति आवश्यक छ खासगरी निम्न वर्गका जनताहरूको लागि। यति राम्रो काम गर्दैगर्दा नेपालका केही स्वास्थ्य माफियाहरूले उहाँलाई सिध्याउने योजना नबनाएको होइनन्। किनकि उहाँले नेपाली जनतालाई निःशुल्क स्वास्थ्य सेवा गर्दै हुनुहुन्छ। तर केही स्वास्थ्य माफियाहरुले पुकार चन्द्र श्रेष्ठको यो कार्यबाट असन्तुष्ट छन,उनीहरुको मनोवैज्ञानिक के छ भने डक्टर पुकार चन्द श्रेष्ठको कारणले हामीले मृगौला प्रत्यारोपणबाट राम्रो आम्दानी गर्न सकिरहेका छैनौं।
हाम्रा देशका केही स्वास्थ्य माफियाहरूले भारतका विभिन्न अस्पतालहरूमा कमिसन खाई सोझा साझा जनतालाई रेफर गर्ने गर्छन्। स्मरण रहोस् डाक्टर पुकारचन्द श्रेष्ठले २५ भन्दा बढी भारतीय नागरिकहरूको नेपालमा सफल मृगौला प्रत्यारोपण गरेको प्रमाण सर्वविधि छ। आज छिमेकी राष्ट्र भारतले आफ्नो जनतालाई धेरै नै कडाइ गरेका छ भारत भन्दा अन्य देशमा गई मृगौला प्रत्यारोपण गराउने सन्दर्भमा। आज हाम्रो देशबाट स्वास्थ्य पर्यटनको नाममा यति धेरै पैसा अन्य देशहरुमा जान्छ त्यसको अन्दाज हामी लगाउनै सक्दैनौ। जस्तै नेपालका राजनेताहरू, उद्योगी,व्यापारीहरू र ब्युरोक्रट्सहरू लगायत विभिन्न ओहदाका व्यक्तिहरू हाम्रो देशमा थोरै विदेशमा बढी स्वास्थ्य उपचार गराउँछन्। नेपालको डाक्टरलाई विशिष्ट व्यक्तिहरूले विश्वास नगरेकै हो यो हाम्रो प्रश्न हो ?
यदि आज हामीले नेपालका इमान्दार र प्रख्यात डक्टरहरूलाई विश्वास गरेनौ भने हाम्रो डाक्टरहरूमा कस्तो भावना उत्पन्न हुन्छ र साथै जनताहरूमा ? केही वर्ष देखि डक्टर पुकारचन्द श्रेष्ठज्यूले एउटा छुट्टै मानव अङ्ग प्रत्यारोपण केन्द्रको भवनको लागि कति मन्त्रालय धाइरहनुभएको छ तर यो निर्लज्ज सरकारले मृगौला र कलेजो रोगीहरुको लागि सुविधा सम्पन्न छुट्टै भवनको व्यवस्था अहिलेसम्म गरेको छैन।
नेपाल सरकारलाई हृदय देखि विनम्र अनुरोध गर्दछु छिटोभन्दा छिटो कलेजो रोगी र मृगौला रोगीको लागि एउटा छुट्टै सुविधा सम्पन्न भवन उपलब्ध गराइदिनुस् ताकि नेपालमा अरु देशका बिमारीहरू उपचार गराउन आओस्। अनि मात्र हाम्रो देश स्वास्थ्य पर्यटनमा फड्को मार्छ।
एक्काइसौँ शताब्दीमा स्वास्थ्य कति महँगो भएको छ, हामीले परिकल्पना पनि गर्न सक्दैनौ नेपालका अहिले कतिपय दुःखी पीडितहरू बिना इलाज अहिले मर्न बाध्य भएका छन्। यही हो नेपाल सरकारको नैतिकता ?अहिले नेपालको यस्ता जिल्लाहरू, गाउँहरू छन् जहाँ कि सिटामोल पाउन धेरै नै कठिन छ। हामी अरु देशको स्वास्थ्य पर्यटन कहिलेसम्म बन्ने हो सरकार ? अहिलेको सरकारको जुन नारा छ, "सुखी नेपाली समवृद्ध नेपाल" के यो सम्भव होला यदि स्वास्थ्यमा हामीले फड्को मारेनौ भने यो नारा नारामै सिमित होला सरकार ?