वीरगंज \ पर्सा सुनचाँदी व्यवसायी संघको नवौं र दशौं साधारणसभा तथा चौथो अधिवेशन आज वीरगंजको पद्दम पार्टी सेन्टरमा शुरु भएको छ ।
विभिन्न विवादको सामना गर्दै शुरु भएको पर्सा सुनचाँदी व्यवसायी संघको साधारणसभा अहिले नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रिय अध्यक्ष अर्जुन रसायलीको प्रमुख आतिथ्यमा शुरु गरिएको हो।
हिजो नोमिनेशन प्रक्रिया अगाडी बढेकै बेला बहुचर्चित दोहोरो नागरिकता केशका विवादित नेपालमा रामनरेश साह सोनार र भारतको बिहारमा बच्चा साह सोनारको नामले कुख्यात व्यक्तिको उपाध्यक्ष पदमा नोमिनेशन पर्दा अर्का उपाध्यक्ष पदका उम्मेदवार शम्भु सरार्फले दाबी बिरोध गर्दा बच्चा सोनार भन्ने रामनरेश सोनारले गाली बेइज्जत गरेर उनलाई अपमानित गरेका थिए।
उक्त कार्यक्रमको उद्घाटन नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले गरेका थिए ।
पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष भुलनकुमार सोनारको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषाल, पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य प्रकाश गहतराज, नेपाल सुनचाँदी व्यवसायी महासंघका मधेस प्रदेशका अध्यक्ष रामजी साह, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, महासंघका केन्द्रीय सदस्यहरु विकाश शारदा, राजेश शाह, दिनेश शाह, कामेश्वर शाह, मनोजकुमार शाह, विकास कुमार सर्राफ, वडा नं. ६ का वडा अध्यक्ष जयप्रकाश अग्रवाल, वडा न:- ८ का वडाअध्यक्ष नितेश गुप्ता, प्रमुख निर्वाचन अधिकृत प्रद्युमनप्रसाद यादव, पर्सा सुनचाँदी कारीगर संघका अध्यक्ष राजु सर्राफलगायतका हरुको सहभागिता थियो ।