विरगंज । तीजको अवसर पारेर सशक्त कर्ण महिला समूहले सशक्त वरिष्ठ नारी सम्मानले दुई जना ज्येष्ठ नागरिक महिलाहरुलाई सम्मान गरेको छ ।
सशक्त कर्ण महिला समूहकी अध्यक्ष चंचला दासले दुई जना ज्येष्ठ नागरिक महिलाहरुलाई सम्मान गरेकी हुन् ।
कर्ण महिला समूहले तीज विशेष कार्यक्रममा ८३ वर्षीय सावित्री देवी र ८१ वर्षीय ललिता देवीलाई कर्ण महिला समूहकी अध्यक्ष चंचला दासले दोसल्ला ओढाएर सम्मान पत्रद्धारा सम्मान गरेकि हुन् ।
आयोजित बिभिन्न प्रतिस्पर्धाहरुमा मिसेज तीज आद्या चौधरी, मिसेज भाग्यशाली नन्दिनी कण्ठ पुरस्कृत भएका थिए भने अन्य विद्याहरुमा सम्मानित हुनेहरुमा सदस्यहरु नूतन कर्ण ,सीता कंठ, निरा कर्ण,आद्या चौधरी ,अर्चना चौधरी,आद्या रिंकी कर्ण,नंदनी कंठ ,बेबी निधि,जयंती चौधरी र रंजना कर्ण रहेका छन् ।
कार्यक्रममा समूहकी उपाध्यक्ष रिंकू कुमारी सचिव, सुषमा दत्ता कार्यकारिणी सदस्य वंदना कर्ण, संगीता कर्ण लगायत ३७ जना महिलाहरुको सहभागिता रहेको थियो ।