उपकार सेवा नेपाल संस्थाले आज पर्साको ठोरी गाउँपालिकामा रहेको वृद्धा आश्रममा राहत वितरण गरेको छ ।
वार्ड न.१ भगवाननगर स्थित वृद्धा आश्रममा आश्रीत २३ जना अपाङ्ग ,सुस्त मनस्थिति भएका बालबालिका तथा वृद्ध बृद्धाका लागी चामल, दाल,चिउरा , मसला, भुजा, लुगा धुने नुहाउने साबुन, बिस्कुट नून,वाई–वाई चाउचाउ, खाने तेल , सानो –ठुलो डाईफर, सैनेटरि प्याड, सर्फ, हर्पिक, फिनाईल, तथा जस्ता खाद्यान्न तथा दैनिक उपभोग्यका सामग्री वितरण गरेको छ ।
आश्रमको प्रङ्गणमा एक कार्यक्रम आयोजना गरि संस्थाकि अध्यक्ष विद्या कुमारी सरावगीले आश्रमको सदस्य राम बहादुर थिङ्गलाई सो सामाग्रीहरु हस्तान्तरण गरेकि थिइन ।
आश्रमका लागी चाहिने खाद्यान्न तथा दैनिक उपभोग्यका सामग्री प्रत्येक महिना उपकार सेवा नेपाल संस्थाले प्रदान गर्ने गरेको समाजिक अभियन्ता प्रकाश थारुले बताए ।