काठमाडाैं । नेपाली कांग्रेसका २२ जना केन्द्रीय सदस्यले आसन्न महासमिति बैठकमा सनातन हिन्दु राष्ट्रको पक्षमा निर्णय लिन भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई हस्ताक्षर बुझाएका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा केन्द्रस्य सदस्य शंकर भण्डारीसहित २२ सदस्यकाे हस्ताक्षर बुझाइएकाे हाे ।
हस्ताक्षर गर्नेमा देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, शुक्रराज शर्मा, इन्द्रबहादुर बानियाँ, दीलेन्द्रप्रसाद बडू र रंगमति शाही छन् । यसैगरी विद्या तिमल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजंगबहादुर सिंह, सीताकुमारी राना छ्न् ।
यस्तै केन्द्रीय सदस्य पुष्पा भुसाल, सारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर वड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव र डा डिला संग्रौलाले पनि हस्ताक्षर बुझाएका छ्न् ।
केन्द्रीय सदस्यको हस्ताक्षरको नेतृत्व गरेका भण्डारीले आम जनताको भावनाअनुसार कांग्रेसले निर्णय गर्नुपर्ने बताए । उनले हस्ताक्षर गर्ने सदस्यको संख्या बढ्नेसमेत बताए ।