वीरगन्ज। घड़िअर्वा स्पोर्ट्स क्लब बिरगंज को आयोजना मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
घड़िअर्वा स्पोर्ट्स क्लब बिरगंज को अध्यक्ष सन्तोस कुमार साह को अध्यक्षता तथा बिरगंज महानगर वार्ड न १० को अध्यक्ष सुशील कुमार कानू को प्रमुख आथिथ्य मा सम्पन्न भएको छ।
शिविरमा वरिष्ठ स्त्री रोग बिशेषज्ञ डा लक्ष्मी थापा गुप्ता फेमिली फ़िजिसियन मधुरोग विशेषज्ञ डा। उदय नारायण सिंह हाड़जोड़नी नशा रोग विशेषज्ञ डा दिलीप चौरसिया बाल रोग तथा नवजात शिशु विशेषज्ञ डा श्यामबाबू साह ,बिकास साह छाला रोग विशेषज्ञ डा रोहित गुप्ता ,दन्तरोग विशेषज्ञ डा ज्योति गुप्ता डा राजकुमार साह डा सन्दीप गुप्ता लगायत्ले करीब २५० जनाको स्वास्थ्य परिक्षण गरेका थिए ।
शिविर मा श्री गणपति डाईग्नोस्टिक सेण्टरले निःशुल्क रूपमा रगत , सुगर जाँच परिक्षणको व्यवस्था गरेको थियो । कार्यक्रम मा स्वागत मन्तव्य क्लब का उपाध्यक्ष मनोहर साह ले गरेका थिए।
कार्यक्रम मा खेलकूद तथा स्वास्थ्य उप समितिका संयोजक प्रभाकर गुप्ताले मौसम परिवर्तन संगै हरेक घरमा देखिएको स्वास्थ्य समस्या लाई मध्यनज़र गर्दै शिविरको आयोजना गरेको बताए ।
अधिवक्ता पन्नालाल गुप्ताले घड़िअर्वा स्पोर्टस क्लब गरेको काम सराहनीय रहेकोमा जोड दिए।
कार्यक्रममा प्रभु अस्पताल को संचालक तथा स्त्री रोग विशेषज्ञ डा लक्ष्मी थापा गुप्ता ले घड़िअर्वा स्पोर्ट्स क्लब बिरगंज र प्रभु अस्पताल संग समझौता गरी क्लबको सिफ़ारिश मा आएको बिरामी लाई छुट दिने घोषणा गरिन।
कार्यक्रमका प्रमुख अतिथि क़ानूले घड़िअर्वा स्पोर्ट्स क्लब ले गरेकोकार्यलाई प्रसंशा गदैै वार्ड समिति ले घड़िअर्वा स्पोर्टस क्लब लाई निरन्तर सहयोग गर्ने प्रतिबदता व्यक्त गरेका गरेका थिए ।
कार्यक्रम मा मित्र रास्ट्र भारतको अयोध्यामा २०२४ जनवरी २२ मा भएको प्राणप्रतिष्ठा मा सहभागी भएका बिरगंज बाट कठोर पैदल यात्रा १४ दिनमा सम्पन्न गरेका घड़ीअर्वा का मुन्ना कुमार साह कानू र चन्दन बर्णवाल लाई प्रशसा पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा समिति का पूर्व अध्यक्ष रामनगीना साह वर्तमान सदस्य संतोष जैसी पूर्व सदस्य अरबिंद साह छठपूजा समिति अध्यक्ष दिलीप गुप्ता प्रेम साह परमानन्द साह बालमिकी साह मनोज कुमार कानू लखन लाल गुप्ता तिलक साह राकेश साह लगायत को उपस्तिथि रहेको थियो ।
शिविरमा सहयोग गरेकाचिकित्सक तथा प्राविधिक टोली लाई कार्यक्रम को अध्यक्ष सन्तोष साहले मायाको चीनो प्रदान गरेका थिए । कार्यक्रमको संचालन क्लब का सचिव सन्तोष कुमार गुप्ता ले गरेका थिए।