काठमाडौँ । संविधान दिवसको अवसर पारेर बिहीबारबाट प्रदर्शनमा आउने फिल्म ‘खुस्मा’को प्रिमियर गरिएको छ । मंगलबार साँझ कमलपोखरीस्थित बिग मूभिजमा आयोजित प्रिमियरमा राजनीतिज्ञ, फिल्मकर्मी र रङ्ग पत्रकारको उपस्थिति रहेको थियो । प्रिमिएरमा अधिकांशले फिल्मको कथाले मन छोएको बताए ।
कतिपयले अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको अभिनयको तारिफ गर्दा केहीले कथाले आफूलाई रिलेटेट गरेको बताए ।
सशस्त्र द्वन्द्वकालमा एक जोडी प्रेमीका प्रेमर उतार चढाव प्रस्तुत गरिएको फिल्ममा हेर्न सांसद ज्ञानेन्द्र शाही, निर्देशक निश्चल बस्नेत, रामबाबु गुरुङ, घनश्याम लामिछाने, कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राई, लेखक प्रदीप भारद्धाज, निर्माता रोहित अधिकारी, सरोज न्यौपाने, अभिनेताद्धय सलिनमान बनियाँ र आर्सीवाद क्षेत्री, अभिनेत्री गौमाया गुरुङ, पशुपति राई, लुनिभा तुलाधर तथा रुकुमका स्थानिय बासिन्दाको समय उपस्थिति थियो ।
सांसद ज्ञानेन्द्र शाहीले खुस्मा फिल्म जस्तो नभई एउटा दस्ताबेज जस्तो भएको बताए । ‘खुस्मा खासमा भन्दा दस्ताबेज नै हो’, शाहीले भने ‘यो फिल्म नहर्नेले २०५२ सालपछिको नेपाल नै बुझ्नु हुन्न ।’ एक सामान्य मान्छेको जीवनमा द्वन्द्वले राज्य पक्ष र विद्रोही पक्षबाट के कति असर पर्यो भन्ने कुरा स्पष्ट रूपमा देखाएको छ