बीरगंज । नेपाल कमर्स एसोसिएसनको पहिलो कार्य समिति बैठक होटल भिषुवामा शनिवार एसोसिएसनका अध्यक्ष डा दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ ।
बैठकले संस्थामा संस्थापकहरुबाट भएको योगदान रकम तथा आजिवन सदस्यता शुल्कबाट प्राप्त रकम मध्ये ७५ प्रतिशत रकमलाई पुजीकृत कोषमा राख्ने र बाकी चालु शिर्षकमा खर्च गर्ने निर्णय गरेको छ ।
एसोसिएसनले भोलिदेखि नै नया आजिवन सदस्य तथा साधारण सदस्यहरु बनाउनको लागि फारम वितरण गर्न सुरु गर्ने भएको छ ।
आजिवन सदस्यता लिने सदस्यहरुले एक पटक मात्र दस हजार आजिवन सदस्यता शुल्क तिरि आजिवन सदस्यता लिन पाउने छन ।
त्यसतै साधारण सदस्ता लिन चाहनेहरुको लागि प्रथम वर्ष दुई हजार पाच सय र त्यस पछि प्रति वर्ष एक हजार रुपैया नविकरण शुल्क वापत तिर्नु पर्ने छ ।
एसोसिएसनको सदस्यता लिनलाई कम्तिमा कर्मस वा व्यवस्थापन संकायमा स्नातोकोत्तर गरेको हुनु पर्ने छ । एसोसिएसनले आफ्ना सदस्यहरुलाई आलेख लेख्न निशुल्क प्रशिक्षण दिने छ भने कर्मस वा व्यवस्थावन संकायमा स्नात्तक चौथो वर्ष तथा स्नातोकोत्तर अध्ययनरत बिद्यार्थीहरुलाई समेत न्यून शुल्कमा प्रशिक्षण दिने भएको छ ।
एसोसिएसनले सन २०२४ भित्र वीरगंजमा नेपाल कमर्स एसोसिएसनको प्रथम कन्फरेन्स गर्ने निणर्य गरेको छ । कन्फरेन्स पछि एसोसिएसनले जर्नल पुस्तक समेत प्रकाशन गर्ने छ ।
आलेख लेख्न प्रशिक्षण तथा कन्फरेन्सबाट कमर्स तथा व्यवस्थापन संकायका शिक्षक तथा बिद्यार्थीहरुमा शोध गर्ने क्षमताको विकास हुनेछ ।
एसोसिएसनका अध्यक्षमा वीरगंज कलेजका संचालक समिति अध्यक्ष डा। चौधरी, उपाध्यक्ष रा।रा।बहुमुखी क्याम्पस, जनकपुरधामका सह–प्रध्यापक डा।बिनोद साह, सचिवमा डा। आलोक दत्ता सह–प्रध्यापक हरि खेतान क्याम्पस, वीरगंज, कोषाध्यक्ष डा। अशोक राज ठाकुर उप–प्रध्यापक, वीरगंज कलेज, वीरगंज, सदस्य डा। सरोज कुमार ठाकुर सह–प्रध्यापक, राजर्षि जनक विश्वविद्यालय, जनकपुरधाम, सदस्य डा। उदय किशोर तिवारी उप–प्रध्यापक, त्रिभुवन विश्वविद्यालय, केन्द्रिय विभाग, कीर्तिपुर, सदस्य डा। सन्तोष कुमार कर्ण सहायक–प्रध्यापक, राजर्षि जनक विश्वविद्यालय, जनकपुरधाम, रहेका छन् ।