काठमाडौँ - मौसम परिवर्तन हुँदा हामीले विभिन्न समस्याको सामना गर्नुपर्ने हुन्छ । खासगरी बर्सातको मौसममा आर्द्रताका कारण धेरैका अनुहारमा डन्डीफोर जस्तो समस्या आउँछ ।
यी समस्या हटाउन हामी बजारमा उपलब्ध छालाका हेरचाह गर्ने उत्पादनहरू प्रयोग गर्छौँ । तर यसले पनि खासै प्रभाव देखाउँदैन । महँगो ब्युटी प्रोडक्ट प्रयोग गरे पनि अनुहारका समस्या हट्दैनन् वा झन् बढेर आउँछन् ।
यस्तो अवस्थामा एउटा कुरामा ध्यान दिनुपर्छ । त्यो के भने आफ्नो छालाको प्रकार अनुसार अनुहार धुने । आफ्नो अनुहार सधैँ सुन्दर देखियोस् भन्ने चाहनुहुन्छ भने छालाको प्रकार अनुसारले अनुहार धुनुपर्छ । आजको यस लेखमा हामीहरू कुन छाला भएका व्यक्तिले दिनमा कतिपटक अनुहार धुनुपर्छ भन्ने बारेमा बताउन गइरहेका छौँ ।
तैलीय छाला
तैलीय छाला भएका मानिसहरूले वर्षाको मौसममा धेरै समस्याहरू भोग्छन् । यतिबेला मौसम आद्र्र हुन्छ । यस्तो अवस्थामा तैलीय छाला भएका व्यक्तिले हरेक अवस्थामा दिनमा २–३ पटक अनुहार धुनुपर्छ । अनुहारमा धेरै तेलले डन्डीफोर र मसिना बिबिरा निम्त्याउन सक्छ । यस्तो अवस्थामा दिनमा कम्तीमा तीनपटक अनुहार धुनुस् ।
सुख्खा छाला
छाला सुख्खा छ भने तपाइँले दिनमा १–२ पटक अनुहार धुनुपर्छ । छाला बढी नै सुख्खा भएकाहरूले दिनमा एक पटक मात्रै अनुहार धोऊ पनि पुग्छ । धेरै पटक धोइरहँदा अनुहारको छालाको मोइष्चर हराउँछ । अनुहार फोहोर भएको महसुस भएमा सुत्नुअघि एक पटक हल्का फेसवासले अनुहार धुन सकिन्छ ।
संवेदनशील छाला
कसै कसैको छाला एकदम संवेदनशील हुन्छन् । बारम्बार अनुहार धुँदा कयौँ प्रकारका समस्या निम्तने डर हुन्छ । यस्तो अवस्थामा संवेदनशील छाला भएकाहरूका लागि दिनमा एक पटक अनुहार धुनु नै पर्याप्त हुन्छ । तिनीहरूले आफ्नो अनुहार बिहान वा बेलुका बिना सुगन्धित क्लिन्जर प्रयोग गरेर धुन सक्छन् ।
सामान्य छाला
धेरै मानिसहरूको छाला सामान्य हुन्छ । यस्तो छाला मौसम अनुकूल हुन्छ । यस्ता व्यक्तिले दिनमा दुईपटक आफ्नो मुख धुनुपर्छ । सामान्य छाला भएका मानिसहरूका लागि बिहान र बेलुका अनुहार धुनु नै पर्याप्त हुन्छ । यसैबाट उनीहरूको छालामा चमक आउँछ ।एजेन्सी