सिरहा, सिरहामा एक दलित बस्ति नाकावन्दिमा परेका छन्। जिल्लाको नरहा गाउँपालिका १ गौराहा मुसहरबस्ती वरपरका जग्गा धनी सोही गाउँपालिका २ पानवारीका भदैया भन्ने रामचलितर यादवको नाकावन्दिमा परेका हुन्।
नाकाबन्दिका कारण यहाँका करिव ५० घर परीवारको मुसहर (सदाय) वस्ती विलखबन्धमा परेका छन्। वस्तीका धेरै घरमा शौचालय नभएकाले शौच जान समेत नपाउँदा समस्या खेपीरहेका छन्। वस्तीका तीन तिर यादवको जमिन रहेकाले उनले सवै बाटाहरुमा बाँस, काँडाले घेरवार गरेकाले आफूहरुलाई जेलमा परेजस्तो भएको स्थानीय बताउँछन्।
धान खेत गोडमेल नगरेको र धान रोप्न मजदुरीमा नगएका कारण आफूहरुलाई सवैतिर घरेवेर गरेर नाकाबन्दी गरेको स्थानीय सदायहरुले बताए। उनीहरुले भने, ‘धान रोप्न र गोडमेल गर्ने बेला कममा जान अटेरी गरेको, समयमा नगएको र भनेको नमानेको भन्दै गालि गलौज, कुटपीट र बस्ती वरपरका सवै बाटोहरु बन्द गरेका छन्, हामीलाई दिसा पीसाव गर्न जान समेत समस्या भएको छ।’
यादवका छोरा महेश यादवले ‘मेरो खेतमा पानी बगाउने’ भन्दै वस्तीमा रहेका दुई वटा चापाकलको ह्याण्डल समेत खोलेर लगेको वस्तिका ७१ व्र्षिय जोगिया सदायले दुखेसो पोखे। उनले भने, ‘हामीलाई बेला बेलामा उनीहरुले दुःख दिई रहेको छ। काम गर्न नगएको भन्दै गाली गलौज र कुटपीट समेत गर्छ। काममा जाँदा पनि अरुको तुल्नामा कम ज्याला दिएकाले उनको मजदुरी गर्न चाहँदनौं।’
३१ वर्षिय सोनावत्ति सदायले यादव परिवारले बेला बेलामा उठीवास लाउने धम्की दिने, काममा नजाने भन्दै गाली गलौज गर्ने र काममा जाँदा पनि चलेको भन्दा कम मजदुरी दिने गरेको बताए। सदायले थपे, ‘चारै तिरको जमिन मेरो हो, तिमिहरु बसेको बस्ती पनि मेरै हो; भन्दै आफूले भनेजस्तो नगरे उठिवास गरिदिने धम्की दिने गरेको छ।
सदायहरु यहाँ खोरिया फाडेरै वसेको दावी गर्छन्। वस्तीका ७१ वर्षिय जोगिया सदायले भने, ‘हामी यहाँ जङ्गल फडानी गरेरै बसेका हाँै, हामी वसेको क्षेत्र गाउँ ब्लकको जमिन हो। तर, उनले पछिल्ला केहिदिनबाट उठिबास लगाउने धम्की दिने गरेको छ।’
वडा अध्यक्ष अशोक महतोले आफूले पनि आजै वस्ती घेराबन्दीमा परेको भन्ने जानकारी पाएपछि आफू पनि बस्तीमा पुगेको बताए। उनले दलित वस्ती नै जग्गा धनीको कर्तुतले मर्कामा परेको बताए। वडा अध्यक्ष महतोले दलित वस्तीको समस्या समाधान गर्न आफ्नो तर्फबाट सवैखालको सहयोग गर्न आफू तत्पर रहेको बताए।