स. १९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा जन्मनुभएका नारायण गाेपाल नेपालको सर्वाधिक चर्चित गायकमा पर्नुहुन्छ । उहाँले गाउनुभएको सबै गीत श्रोताका प्रिय नै रहे । पाकिस्तानी गजल गायक मेहंदी हसनको गजल निकै मन पराउने उनी युवा समयमा आफुलाई स्याडो पहलमान भन्न रूचाउँथे भने साथीहरु असनको साँढे भन्दथे ।
वि.सं २०२१ काे चैतमा दार्जिलिङको महाकांल डाॅडामा मकलको आगोमा हात राख्दै इश्वर बल्लभलाई साक्षी राखेर गोपाल योञ्जनसंग मित लाएका थिए ।
मीत लगाएपछि उहाँहरुले मीतज्यू नाईटको कार्यक्रम काठमाडौँदेखि दार्जिलिङसम्म भव्य रुपमा सफल गराए । यसैबीच विराटनगरमा नगेन्द्र थापाको घरमा बस्दा उहाँको आमाले नारायण गोपाललाई घ्यू धेरै मन पराएकोले घ्यू कुमार र गोपाल योञ्जनलाई पिरो मन पराएकोले खोर्सानी कुमार नाम राखिदिनुभएको थियो ।
आफ्ना प्रशंसक दार्जिलिङ सुकिया पाेखरीकी पेमाला लामासँग २०२७ सालमा बिहे गरेर पाेखरा आए । भूपी शेरचनको अनुरोधमा उहाँ कै घरमा बसे । पोखरामा नारायण गोपाल तथा पेमालाको दिन कठिनसँग बित्न थाल्यो । नारायण गाेपालले अमर सिंह मावीमा संगीत पढाउन थाले भने पेमालाले रत्न राज्य लक्ष्मी कन्या मा.वि. हाेम साइन्स पढाउन थाले ।
५-६ महिनाको बसाई पछि पोखरामा बस्न कठिन भएपछि काठमाडाैं लागे । साथीहरुको सहयोगमा नारायण गोपालले नाचघरमा जागीर पाए भने पेमालाले भारतीय एउटा जीवन विमा कम्पनीमा जागीर पाइन् ।
दुख कष्टले ८-९ वर्ष पछि महाराजगञ्जस्थित भूतबंगला छेउ तीन रोपनी जग्गा किनेर घर बनाए । तर किलागलको पुर्ख्यौली घरमा फर्केर गएनन् । मेरो सौभाग्य मैले उहाँको थुप्रै कार्यक्रम हेर्ने सुअवसर पाए । काठमाडौँमा भएको स्वर्णीम साझ तथा उहाँको अन्य एकल र मह जोडीको साथको कार्यक्रमहरु हेर्न पाए ।
उहाँको मृत्यु २०४७ साल मंसीर १९ गते वीर अस्पतालमा हुन पुग्यो । उहाँको अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई लगायत थुप्रै राजनेता, कलाकर्मीहरु तथा हजारौं प्रशंसक आर्यघाट पुगेका थिए ।