काठमाडौँ, भारतका चर्चित निर्देशक एसएस राजामौली फिल्म बहुबलीको तेस्रो संस्करण बनाउने तयारीमा हुनुहुन्छ ।
मिडिया रिपोर्टका अनुसार पुराना दुवै फिल्म जस्तै यस फिल्ममा पनि प्रभास मुख्य भूमिकामा देखिने बताइएको छ । उक्त खुलासा फिल्म कंगुवाका निर्माता ज्ञानवेल राजाले गर्नुभएको हो । उहाँले फिल्म कंगुवाको सिक्वेल पनि बन्ने बताउनुभयो। ज्ञानवेल २०१५ को फिल्म बाहुबलीको तमिल वितरक पनि हुनुहुन्थ्यो।
ज्ञानवेलले भन्नुभयो, ‘बाहुबली ३ प्लानिङ स्टेजमा छ । गत हप्ता चलचित्रकर्मीसँगको छलफलका क्रममा थाहा भयो । उहाँले बाहुबली १ र २ बनाउनुभएको थियो । तर अब उहाँहरु लामो समयपछि बाहुबली ३ बनाउने योजनामा हुनुहुन्छ।’ ज्ञानवेलले कल्की २८९८ ईस्वी र सालारको सिक्वेलको उदाहरण पनि दिए, जुन लामो अन्तरालपछि बन्नेछ । त्यस्तै कंगुवाको सिक्वेल पनि बन्नेछ ।
केही समयअघि एक कार्यक्रममा राजामौलीलाई फिल्म ‘बाहुबली’ फ्रेन्चाइज दुई पार्ट रिलिज भएपछि अगाडि बढ्छ कि भनेर सोधिएको थियो, उहाँले भन्नुभएको थियो, ‘बाहुबली एनिमेटेड सिरिजमा मात्र अगाडि बढ्ने छैन अन्यमा पनि अगाडि बढ्नेछ माध्यमहरू बढाइनेछ। अहिले यो प्लेटफर्ममा यसको बारेमा कुरा गर्ने सही समय होइन ।’
‘बाहुबली’ का निर्माता शोबु यार्लागड्डाले पनि यो कुरामा सहमति जनाउदै अहिलेसम्म ‘बाहुबली’ सिरिजका फिल्महरु सानो हिस्सा मात्र भएको बताउनुभयो । यसमा धेरै फ्रान्चाइजीहरू बनाउन सकिने बताउनुभएको थियो ।
सन् २०१५ मा रिलिज भएको फिल्म ुबाहुबलीु तेलुगु र साउथ सिनेमाको सबैभन्दा धेरै कमाउने फिल्म बनेको थियो । यो भारतको सबैभन्दा धेरै कमाउने हिन्दी डब फिल्म पनि थियो । प्रभासको फिल्म ‘बाहुबली’ भारतको पहिलो फिल्म हो, जसले १० दिनमा हजार करोड रुपैयाँ कमाएको छ । त्यस्तै बाहुबली-२ २०१७ मा रिलिज भएको थियो । यसको हिन्दी संस्करणले ५१०.९० करोड कमाएको थियो ।