वीरगंज ,वीरगंजमा आज एक कार्यक्रमका बिच रेडियो सिमाञ्चल ९५.१ मेघाहर्जको उद्घाटन गरिएको छ । वीरगंज ११ भारतीय दूतावास नजिकै संचालनमा आएको रेडियोलाई पर्सा क्षेत्र नम्बर १ का सांसद एवं खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गरेका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका मन्त्री यादवलेतराई–मधेसमा दुई वर्ष यतादेखि विद्यमान खानेपानीको समस्या अल्पकालिन र दीर्घकालीन रुपमा समाधानका लागि काम गरिरहेको बताए ।
मन्त्री यादवले हेटौडाँस्थित राप्ती नदीको पानी वीरगन्जसम्म ल्याएर भारतको बिहारसम्म लगेर नेपालको पानी बिक्री गर्ने योजनापनि औपचारिक रुपमा अगाडि बढाइसकेको बताए । यसैगरी
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गलत समाचार सम्प्रेषण गरेर जनतामा भ्रम फैलाउने काम नगर्न पत्रकारहरुसंग आग्रह गरेका थिए
रेडियोको समुद्घाटन कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी सिंहले नेता र जनप्रतिनिधिलाई सुझाव दिने पत्रकारले ती सुझाव आँफुमापनि लागू गर्नुपर्नेमा जोड दिए।
नेपाल पोष्ट मिडिया प्रालिका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान,मधेस प्रदेश महासचिव श्याम बन्जारा,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य डा।
सुबोध गुप्ता,वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल,नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य निलिमा पौडेल,पर्सा अध्यक्ष विजय महतो,प्रेस सेन्टरका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर,समाजवादी प्रेस संगठनका केन्द्रीय बृजलाल पासवान,पर्सा अध्यक्ष शम्भु कुमार सुमन,प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारी,नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव लगायतकाले रेडियोको सफलताका लागि शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।कार्यक्रममा रेडियोका प्रबन्ध निर्देशक सन्तोष साहले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रमको सहजीकरण अशोक संग्रौलाले गरेका थिए ।