काठमाडौँ । बहराइनको मानामामा जारी आईएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपालले महिला टिम इभेन्टमा साउदी अरेबियालाई पराजित गरेको छ ।
बहराइन नेसनल स्टेडियास्थित इसा स्पोर्ट्स सिटी हल ‘बी’ मा ९ देखि १३ औँ स्थानका लागि भएको प्रतिस्पर्धामा नेपालले साउदी अरेबियालाई ४–१ ले पराजित गर्यो ।
जितसँगै नेपालले सोमबार ९ देखि ११ औँ स्थानका लागि युगान्डा वानसँग खेल्ने छ ।
यो खेल जितेमा नेपालले पुनः ९ देखि १० औं स्थानका लागि खेल्ने अवसर पाउने छ । नतिजा अनुकुल नआएमा नेपाल ११ औँ स्थानमा रहने छ ।
महिला टिम इभेन्टमा नेपालले समूह चरणमा इङल्यान्ड, अजरवैजान, इटाली र चाइनिज ताइपेईंसँग प्रतिस्पर्धा गरेको थियो ।
नेपाल इङल्यान्डसँग ४–३, अजरवैजानसँग ५–२, इटालीसँग ५–२ र चाइनिज ताइपेईंसँग ७–० ले पराजित भएको थियो ।
महिला टिममा नेपालबाट इभाना थापा, वियंका राई, माल्सा नेपाल र विद्विसा मैनालीले खेली रहेका छन् ।
महिलामा नेपालले सिंगल्स स्पर्धामा पनि प्रतिस्पर्धा गर्ने छ । पुरुषमा जेविश बुर्लाकोटी र आशिष महताले पनि सिंगल्समा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।