वीरगञ्ज । वीरगञ्ज स्पोर्टस एकेडमी (बीएसए) र लायन्स क्लव अफ वीरगञ्ज परिवारको संयुक्त आयोजनामा वीरगञ्जमा कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ । ५ ओभरको खेल लिग र नक आउटको व्यवस्थामा मिलाईएको छ ।
वीरगञ्ज आसपासका कर्पोरेट सस्थाहरु बैक बित्तिय सस्था, इन्स्योरेन्स कम्पनी, फर्मास्युटिकल्स, गाडी बिक्रेता कम्पनिहरु, उत्पादन मुलक सस्थाहरु समावेश हुनेछन् । उक्त खेलले मनोरञ्जन एंम कर्पोरेट कल्चरलाई सस्थागत गर्ने साथै कर्पोरेट सस्थाहरुका बिचमा आपसी सम्बन्धलाई प्रगाढ बनाउने ठानिएको छ ।
विगत ४ सिजनमा सम्पन्न भईसकेको यस्तो प्रतियोगिता पछिल्लो समय कोरोना एंम विभिन्न कारणले रोकिएको थियो । २०१३, २०१४, २०१५ र २०१८ मा १२ टिम सम्मिलित प्रतियोगिता सम्पन्न भईसकेको सस्थाका सचीव नरेश रौनियारले बताएका छन् । यो सिजन यहि मसिर १ र ८ गते आदर्शनगरस्थित मैदानमा शुरु हुनेछ । प्रतियोगितामा १२ टिम सम्मिलित रहनेछन् भने केही टिमहरुले रजिस्ट्रेसन समेत गराइसकेको लायन्स क्लब परिवारका अध्यक्ष लायन भानुभक्त अधिकारीले बताए ।
प्रतियोगिता आदर्शनगर रंगशालामा हुनेछ । खेलमा सहभागि हुनका लागि १२ भन्दा बढी क्लबको अनुरोध आएको जानकारी वीरगञ्ज स्पोर्टस एकेडमीका संयोजक वैकुण्ठ श्रीवास्तव जनाएका छन् । यो सुपर सिक्स लिग नकाउट क्रिकेट प्रतियोगिता आयोजना गर्न रु ३ लाख खर्चको अनुमान गरिएको छ ।
प्रतियोगितामा विजेता, उपविजेतालाई शिल्ड एंम उत्कृष्ट बलर, ब्याट्सम्यान, फिल्डर लगायत खेलाडीहरुलाई मेडलबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।