काठमाडौं । मोरङको विराटनगरको एक पार्टी प्यालेसमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित १० जना जुवाडे पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा शुक्रबार राति विराटनगर महानगरपालिका-११ स्थितमा संगम पार्टी प्यालेसबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट १० लाख ६ हजार ९९५ रुपैयाँ नगद र पाँच सेट ताससमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेकाहरू
१) जि.मोरङ विराटनगर मनपा ११ बस्ने वर्ष ६१ को राजन कडेल ।
२) ऐ.ऐ. १२ बस्ने वर्ष ४१ को टुनटुन शर्मा ।
३) ऐ.ऐ. ११ बस्ने वर्ष ५७ को पशुपति भगत ।
४) ऐ.ऐ. १२ बस्ने वर्ष ४७ को सुरेन्द्र ठाकुर ।
५) ऐ.ऐ. ११ बस्ने वर्ष ५० को विरेन्द्र साह ।
६) ऐ.ऐ. ३ बस्ने वर्ष ५५ को ध्रुव सिग्देल ।
७) ऐ.ऐ. ५ बस्ने वर्ष ५५ को मनिराज प्रसाई ।
८) ऐ.ऐ. १२ बस्ने वर्ष ५० को बाबुराम कटेल ।
९) ऐ.ऐ. १२ बस्ने वर्ष ४६ को लिला सहनी ।
१०) ऐ.ऐ.११ बस्ने वर्ष ५९ पदम श्रेष्ठ ( पाटी प्यालेस संचालक)